प्रविधिको विकाससंगै गोरुगाडा लोप हुने अवस्थामा

यदुराज मिश्र २४ कार्तिक २०८२, सोमबार ११:०८
 

नेपालगञ्ज : प्रविधिको विकास क्रमसंगै बाँकेमा दशक अघिसम्म अस्तित्वमा  रहेको  गोरुगाडा  यतिबेला  लोप हुने  अवस्थामा पुगेको  छ ।  कुनै सयम यातायातको साधन र सामान ओसार पसार गर्ने एउटा महत्वपूर्ण साधनको रूपमा रहेको गोरुगाडा बाँकेमा लोप हुने अवस्थामा पुगेको छ ।

गोरुगाडा कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण भएसँगै लोप हुने अवस्थामा पुगेको हो । केहीले प्रविधिको प्रयोगले गोरुगाडा हराएको दाबी गर्दै आएका छन् भने केहीले पच्छिल्लो समय स्थानीय जातको गाईपालन कम भएसँगै गोरुगाडा पनि लोप हुँदै गएको बताउँछन् ।

बाँकेको डुडुवा गाउँपालिका वडानं. ६ हिरमिनियाका किसान बंशीलाल मौर्यले कृषिकर्मको लागि आधुनिक कृषि यन्त्रको प्रयोग बढ्दो भएसंगै सवारी साधन आएसँगै गोरुगाडाको औचित्य समाप्त भएको बताए ।

कुनैबेला गोरुगाडा नै गोरुगाडा देखिने गाउँमा अहिले विरलै देखिने भएकाले बालबालिहरूका हेर्न उत्साहित भएको उनले बताए । उनले दुईदशक अघिसम्म प्रायः सबैको घरमा एउटा, दुई वटा गोरुगाडा रहेकोमा अहिले गाउँभरीमा एउटा गोरुगाडा मात्र रहेको बताए ।


पहिलापहिला घर काममा सामाग्री ओसार्नेदेखि अनाज ल्याउन मात्रै नभई विरामीलाई अस्पताल पुर्याउन एम्बुलेन्सको काम पनि गर्ने साधनको रूपमा रहेको बैलगाडा (गोरुगाडा) अहिले देखिन छाडिसकेको छ ।

डुडुवाकै लखन यादवले गोरुगाडाबाट पराल लिएर घरतर्फ जाँदा हेर्नका लागि बालबालिकाहरूको भिड लागेको बताए । उनका अनुसार विगतमा खासगरी कृषि पेशामा आधारित किसानहरू कृषिकर्ममा गोरु र काठबासको प्रयोग गरी बनाएको गोरुगाडा पच्छिलो समयमा ट्र्याक्टर अर्थात प्रविधिको प्रयोग बढदै गएपछि गोरुगाडाको प्रयोग घटदै जाँदा लोपोन्मुख अवस्थामा पुगेको छ ।

स्थानीय किसानहरूले भने कुनै समयमा बिरामी ओसार्नेदेखि, जन्म, विवाहमा जन्ती जाने, मृत्युको बेला मलामी जाने, मेलापात, हाट बजारसँगै कृषि कर्ममा ओसारपसार गर्ने तथा आवतजावत साधानको रूपमा गोरुगाडाको प्रयोग गरिन्थ्यो तर अहिले देखिन छाडिसकेको बताएका छन् ।

यसैबिच अर्कोतर्फ गोरु अभाव र थ्रोसरसहितको उपकरणले गर्दा विगतमा किसानले गोरु घुमाएर दाइँ लगाउने, धान स्याहार्ने काम पनि हराउँदै गएको छ ।

किसानहरू एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भएपनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । यहाँ पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप भएको छ । गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

शान्ति पुनर्स्थापना गृहद्वारा एक वर्षमा ३ सय ९५ जनाको उद्धार

२४ कार्तिक २०८२, सोमबार ११:०८
नेपालगञ्ज : मानव बेचबिखन विरुद्ध सक्रिय संस्था शान्ति पुनस्र्थापना गृह नेपालगन्जले गत आर्थिक वर्ष २०८१-८२ मा ४० जिल्लाका ३९५ जनाको उद्धार गरेको छ । सोमबार नेपालगञ्जमा आयोजित संस्थाको वार्षिक सामाजिक लेखा परिक्षण कार्यक्रममा उक्त जानकारी दिइएको हो । गृहले सोही अवधिमा ९ हजार ३७९ जनालाई सीमा क्षेत्रमा सूचना तथा परामर्श […]