कर्णाली करिडोरमा सुख्खा पहिरो खस्दा एक जना मजदुर पुरिए

सदरलाइन संवाददाता १२ मंसिर २०८२, शुक्रबार १८:१४
 

  • नेपालगञ्ज : कालीकोटको पचालझना–६ घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा एक जना मजदुर पुरिएका छन् । कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का पृथ्थि बोहोरा पहिरोमा पुरिएका हुन् ।

नेपाली सेनाले सडक निर्माण गरिरहेको घाटाचौर कर्णाली नदी किनार क्षेत्रमा काम गरिरहेका कामदार ड्राबाट निर्माण स्थलमा तेल बोकेर जानेक्रममा माथिबाट खसेको सुख्ख पहिरोमा पुरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।


घटनापछि थिर्पुमा रहेको प्रहरी, नेपाली सेना र स्थानीयवासीले उद्धारको प्रयास गरेपनि पहिरो नरोकिएकाले उद्धार गर्न नसकिएको स्थानीयको भनाइ छ ।

कर्णाली करिडोरअन्तर्गत कालीकोट जिल्लाको पलाँता गाउँपालिकाको घाटाचौरदेखि बाजुराको भुक्काखोलासम्मको ११.०५ किलोमिटर चट्टानी भाग छिचोल्ने काम नेपाली सेनाले गरिरहेको छ । त्यसमध्ये ६.४८५ किलोमिटर ट्याक खन्ने काम भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस मनाइयो

१२ मंसिर २०८२, शुक्रबार १८:१४
  नेपालगञ्ज  : ‘हामी सबैको प्रतिबद्धता, क्षयरोगको नियन्त्रणमा सफलता’ भन्ने मूल नाराका साथ बाँकेमा ७२ औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवस शनिवार मनाइएको छ । दिवसका अवसरमा नेपाल क्षयरोग निवारण संस्था, बाँके जिल्ला शाखाले नेपालगञ्ज शहरको चोक चोकमा जनचेतनामूलक व्यानर टाँसेर दिवस मनाएको हो । व्यानरमा क्षयरोगको लक्षणहरु हप्ता वा सो […]