एमाले बाँकेको आठौँ पूर्ण बैठकबाट ८ कार्यक्रम सार्वजनिक

श्रृंखलाबद्ध संवाद सञ्चालन हुने

लक्ष्मी तिमिल्सेना १७ कार्तिक २०८२, सोमबार १८:५६
 

नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाँके जिल्ला कमिटीको आईतबार सम्पन्न छैठौं पूर्ण बैठकले आफ्ना निर्णय सार्वजनिक गरेको छ । बैठकले पार्टीभित्र आत्मसमिक्षा, अनुशासन, संगठन सुदृढीकरण र युवामुखी कार्यक्रमका विषयमा महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेको हो ।

जिल्ला कमिटीका अध्यक्ष निरक गुरुङको अध्यक्षतामा बसेको बैठकले हालको राजनीतिक अवस्थाबारे समीक्षा गर्दै पार्टीभित्र देखिएका कमजोरी सच्याउन ठोस कदम चाल्ने निर्णय गरेको हो । गुटबन्दी, अनुशासनहीनता र भ्रष्टाचारजस्ता गतिविधि पार्टी नीतिविरुद्ध रहेको भन्दै आवश्यक अनुशासनात्मक कारबाही हुने बैठकले जनाएको छ ।बैठकले ‘नयाँ युवाहरूसँग सार्थक संवाद’ शीर्षकमा विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । यस अन्तर्गत कात्तिक र मंसिर महिनाभर वडा, पालिका, जिल्ला र प्रदेश तहमा युवाहरूसँग प्रत्यक्ष संवाद, जनसभा र अन्तरक्रिया कार्यक्रम गरिनेछ ।

यसैगरि कात्तिक १८ मा अभिमुखीकरण, १९ मा पालिका तह, २२ मा वडा तह, २४ मा स्थानीय तह, २६ मा आदर्श पुनस्र्थापना कार्यक्रम तथा कात्तिक २९ मा जिल्ला स्तरीय जनसभा आयोजित हुनेछ । मंसिर महिनामा अन्तरसंवाद तथा विशेष राजनीतिक कार्यक्रम सञ्चालन गरिनेछ । लोकतन्त्र, सुशासन, राजनीतिक स्थायित्व, देशको विकासमा युवाको योगदान, भ्रष्टाचारविरुद्धको लडाइँ, २०६२/६३ पछिको राजनीतिक परिवर्तनको मूल्यांकन तथा वर्तमान सरकारको कार्यसम्पादनबारे समेत छलफल गरिने पार्टीका उपाध्यक्ष रत्न खत्रीले बताए ।


बैठकले युवाहरूलाई राष्ट्रिय राजनीति, नीति निर्माण र स्थानीय विकासमा सक्रिय भूमिका खेल्न प्रेरित गर्ने तथा पार्टी संगठनलाई आधारभूत तहदेखि सुदृढ बनाउन जोड दिएको बताईएको छ । अध्यक्ष गुरुङले मुलुकले सामना गरिरहेका चुनौती समाधानमा युवाको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै संगठनभित्र स्वच्छता, सक्रियता र अनुशासन अनिवार्य रहेको बताए ।

बैठकले कार्यकर्तालाई जिम्मेवारीपूर्वक संगठन निर्माणमा लाग्न आग्रह गर्दै पार्टी गतिविधिलाई अभियानमुखी बनाउने निर्णय गरेको छ । बैठकमा केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी, जनवर्गीय तथा पाटीका संरचनाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बेलासपुरको चिडिमारटोलमा बृहत सरसफाई

१७ कार्तिक २०८२, सोमबार १८:५६
नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका १२ को बेलासपुरमा रहेको चिडिमार टोलमा वृहद सामुदायिक सरसफाई अभियान समपन्न भएको छ । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालको आयोजनामा मंगलबार सो सामुदायिक सरसफाई सम्पन्न भएको हो । गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न […]