खजुरामा व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन

सदरलाइन संवाददाता ५ मंसिर २०८२, शुक्रबार १७:४५
 

नेपालगञ्ज : बाँकेको खजुरा गाउँपालिकाले विहिबार देखि व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ । खजुरा गाउँपालिकाको आव २०८२–०८३ को स्वीकृत नीति तथा कार्यक्रम कार्यान्वयन जनताको घरदैलोमा सेवा पुर-याउने लक्ष्य बमोजिम पालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७ को दफा ३ अनुसार नवीकरण गर्नुपर्ने व्यवस्था अनुरूप अभियान नै सञ्चालन गरिएको खजुरा गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले जानकारी दिए ।

अपाङ्गता भई व्यवसाय गर्नेहरूका लागि घुम्ती शिविर अवधिभर दर्ता नवीकरणवापत लाग्ने रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलको भनाई छ । पालिकाले १२ दिनसम्म व्यवसाय दर्ता नवीकरण गर्न घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।


मंसिर ४ गते बिहीबार १ नम्बर वडा कार्यालयबाट घुम्ती शिविरको सुरुवात गरेको पालिकाले आज ५ गते शुक्रबार ‘सी’गाउँ स्कुल परिसरमा शिविर सन्चालन गरेको हो ।

यस्तै ७ गते आइतबार सिमलघारी, ८ गते सोमबार ७ नम्बर वडा कार्यालय, ९ गते मंगलबार ४ नम्बर वडा कार्यालय, १० गते बुधबार ८ नम्बर वडा कार्यालय, ११ गते बिहीबार ५ नम्बर वडा कार्यालय, १२ गते शुक्रबार वडा नम्बर २ को स्वास्थ्य चौकीको कार्यालय र मंसिर १४ गते आइतबार गाउँपालिकाको कार्यालयमा शिविर सञ्चालन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जनआस्था सहकारीको १८ औ वार्षिक साधारण सभा सम्पन्न

५ मंसिर २०८२, शुक्रबार १७:४५
कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा सञ्चालनमा रहेको जन आस्था बहुउदेस्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १८ औ बार्षिक साधारण सभा सम्पन गरेको छ । ४ सय ६९ सेयर सदस्य रहेको सो सहकारीले खासगरी कृषि क्षेत्रमा समुुह निर्माण गरी लगानी गर्दै आएको संस्थाका प्रबन्धक बिनोद सिंह सावन्तले जानकारी दिए । उनले हाल […]