२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

क्रान्ति !



श्रीराम दहित

 

तिव्र गतिमा हामी सबै सधैं सम्हालिएर यात्रा गर्नुछ
सकारात्मक परिवर्तनको द्वार खोल्दै सुरक्षीत क्रान्ति गर्नुछ

क्रान्ति विचारको सफल पार्न साधना शैली अपनाऔं
आराधना गर्दै जन( जनमा खुसी समृद्धि बर्षाऔं

शोध सिर्जना कृयाशिलता मानव मात्रमा जगाऔं
व्यक्ति,परिवार, समाज, राष्ट्र हुँदै विश्व शान्ति बनाऔं

विचार पवित्र शोधन गर्दै चिन्तन मनन् उच्च बनाऔं
आध्यात्मिक भौतिक राजनैतिक आर्थिक क्रान्ति गरौं

सनातन निति विधिको आदर्शमा सधैं दृढ संकल्पित रहौं
नैतिक सामाजिक मानवीय आदर्श मन्त्रको परिधिमा रहौं

देश काल परिस्थिति युग अनुसार सधैं कर्म गरौँ
मानव जीवन सार्थक बनाउन आवस्यक त्याग गरौँ

क्रान्ति नायक लक्ष्य उद्देश्य सहित संकल्प लिइ अघि बढुन्
बालबालिका आजका साझेदार संस्कार ज्ञान्
लिन अघि बढुन्

क्रान्ति सफलीभुत हुनेछ तब विभेद मुक्त समाज
सत्य ,सुन्दर अनि भाइचारा जब व्यावहारिक समाज

क्रान्ति नायक नामको उपमा पाउन दियो झैँ जल्नुपर्छ
सफलताको शिखर चुम्न नायकको सहयात्री बन्नुपर्छ

गाउँ बस्तीको शोक भोकमा राहत दिनु क्रान्ति हो
राष्ट्रको ढुकुटी दुरुपयोग गर्दै नेतृत्वमा बस्नु भ्रान्ती हो

प्रकाशित मिति : २०८२ कात्तिक १५ गते शनिबार
ताजा समाचार