विश्वकप छनोट : नेपालले सामोआलाई दियो दुई सय १२ रनको चुनौती

सदरलाइन संवाददाता ३१ आश्विन २०८२, शुक्रबार १९:२३
 

एजेन्सी : ओमानमा जारी आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत आज भएको खेलमा आसिफ शेख र दीपेन्द्रसिंह ऐरीको अर्धशतकीय खेलमा नेपालले सामोआलाई जितका लागि दुई सय १२ रनको लक्ष्य दिएको छ ।

ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ११ रनको योगफल बनायो ।


नेपालका लागि आसिफ शेखले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ४१ बलमा सात चौका र चार छक्का प्रहार गर्दै ६९ रनको योगदान दिएका हुन् ।

त्यसैगरी नेपालका अर्का खेलाडी दीपेन्द्रसिंह ऐरीले ५३ रन बनाए । उनले ३३ बलमा दुई चौका र चार छक्काको मद्दतमा ५३ रन जोडेका हुन् । त्यसैगरी लोकेश बमले ३९ रन जोड्दा कप्तान रोहित पौडेलले अविजित २१ रन बनाए । कुशल भुर्तेलले १७ रन जोडेर आउट भए ।

यता सामाओका लागि ड्यानियल बर्गेस, सौमानी टाई, ड्यारियस भिसर, नुह मिडले समान एक–एक विकेट लिए । सामोआ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा असोजभरमा हजारबढी नयाँ मतदाता थपिए

३१ आश्विन २०८२, शुक्रबार १९:२३
नेपालगञ्ज :  बाँकेमा आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली अध्याबधिक कार्य तिब्र गतिमा सञ्चालनमा छ । जेनजी आन्दोलनपछि गत असोज ६ देखि सुरु भएको मतदाता अध्यावधिक कार्यबाट असोज मसान्तसम्म हजार बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा असोज मसन्तसम्म १ […]