एमालेको पार्टी सदस्य संख्या ६ लाख ६३ हजार कायम

सदरलाइन संवाददाता १० कार्तिक २०८२, सोमबार १८:१७
 

काठमाडौँ :  मंसिर अन्तिम साता महाधिवेशन गर्ने तयारीमा जुटेको नेकपा एमालेमा पार्टी सदस्यता संख्या ६ लाख ६३ हजार कायम भएको जनाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संगठन विभागले अपडेट गरेको यही पार्टी सदस्यहरूबाट महाधिवेशन प्रतिनिधि छनोट हुनेछन् ।


‘महाधिवेशन प्रक्रियामा सामेल हुने पार्टी सदस्य संख्या कायम भएको छ । अब बाँकी निर्णय सचिवालय बैठकले गर्छ,’ उनले भने । आगामी हप्ता सचिवालय बैठक बस्ने तयारी भइरहेको पनि गौतमले बताए । ‘प्रतिनिधि छनोट लगायत महाधिवेशनको तयारीहरू सचिवालय बैठकले निर्णय गर्छ,’ गौतमले भने ।

तर, पार्टी सदस्य संख्या भने लगभग टुंगिएको उनले बताए । ‘यसअघि ५ लाख ४० हजार पार्टी सदस्य थियौँ,’ स्थायी कमिटी सदस्य गौतमले भने, ‘यसपटक २८ प्रतिशतले सदस्य संख्या बढाएका छौँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज लागू औषध कारोबारीका लागि ट्राञ्जिट

१० कार्तिक २०८२, सोमबार १८:१७
नेपालगञ्ज : बाँके लागु औषध कारोबारीका लागि ट्रान्जिट बन्दै गएको छ । खुला सिमाना र सिमापारीको बजारमा सजिलै पाईने लागू औषध प्रहरीका लागि पनि चाुनौती थपिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार लागू औषध कारोवारसम्बन्धी कसुरमा चालु आर्थिक वर्षको पहिलो २ महिनामै २ जना भारतीय नागरिकसहित ४० जना प्रक्राउ […]