बाँकेमा असोजभरमा हजारबढी नयाँ मतदाता थपिए

रुद्र सुवेदी १ कार्तिक २०८२, शनिबार १३:४४
 

नेपालगञ्ज :  बाँकेमा आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली अध्याबधिक कार्य तिब्र गतिमा सञ्चालनमा छ । जेनजी आन्दोलनपछि गत असोज ६ देखि सुरु भएको मतदाता अध्यावधिक कार्यबाट असोज मसान्तसम्म हजार बढी नयाँ मतदाता थपिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले बाँकेमा असोज मसन्तसम्म १ हजार ४७ जना नयाँ मतदाता थपिएको र यो क्रम जारी रहेको जिल्ला निर्वाचन अधिकारी शाहीले जानकारी दिए । अहिले मतदाता नामावलीमा नाम दर्ता गराउनेमा अधिकांश युवा पुस्ता रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बाँकेले मतदाता नामावली दर्ताका लागि आवश्यक कागजात नेपाली नागरिकताको प्रमाणपत्र, विवाह भई आएमा विवाहको प्रमाणपत्र, बाहिरी जिल्लाकालाई समेत कागजातका आधारमा दर्ता गर्न सकिने भनेर स्थानीय तहलाई आग्रह गरेको थियो ।


मतदाता नामावली अद्यावधिका लागि अनलाइनमार्फत निवेदन आइरहेको उल्लेख गर्दै निर्वाचन अधिकारी शाहीले बाँकेमा तीन लाख ३३ हजार ९ सय ३४ मतदाता रहेको बताए । सो मतदातामध्ये एक लाख ६९ हजार ८ सय ७६ पुरुष, एक लाख ६४ हजार ४९ महिला र नौ जना अन्य मतदाता छन् ।

उनले नयाँ नाम दर्तासँगै अद्यावधिक गर्ने, त्रुटि सच्चाउने, स्थान स्थानान्तरणलगायतका काम अनलाइनमार्फत पनि भइरहेको जानकारी दिँदै असोज महिनाको मसान्तसम्मको अवधिमा ६१ जनाको अद्यावधिक गर्ने तथा त्रुटि सच्चाउने काम भएको र ५७ जनाको ठाउँ सारिएको बताए ।

मतदाता नामावलीमा नाम दर्ता गराउनेमा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको अधिकांश छन । मतदाता नामावलीको लागि फोटोखिच्न जिल्ला निर्वाचन कार्यालयमै जानुपर्ने प्रवाधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जमा धनतेरसको लागि किनमेल गर्नेको भिड

१ कार्तिक २०८२, शनिबार १३:४४
नेपालगञ्ज : नेपालगञ्जमा तिहरको अवसरमा किनमेलका लागि तिहार बजार सञ्चालनमा ल्याईएको छ । नेपालगञ्जको त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको बाटोमा तिहार बजारको रुपमा पसलहरु सञ्चालनमा ल्याईएको हो । हिन्दू समुदायको दोस्रो ठूलो पर्व तिहार अर्थात आज यमपञ्चकको पहिलो दिन धनतेरस भनिने र धनतेरसका दिनमा घरभित्र कुचो, धनिया, भाँडाकुँडा, सुन, चाँदी लगायतका […]