आजको दिनमात्र खोलिने तलेजु भवानीको मन्दिरमा बिहानैदेखि दर्शनार्थी घुइँचो

सदरलाइन संवाददाता १५ आश्विन २०८२, बुधबार १०:०९
 

काठमाडौ :  प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिन मात्र सबैका लागि पूजाआजा एवं दर्शन गर्न खुला गरिने तलेजु मन्दिर यसवर्ष पनि खुला भएको छ ।

मन्दिर बिहानैदेखि खुला गरिएको हो । तलेजुको दर्शन गर्न श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको छ । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरमा आज लाखौँ भक्तजन पूजाआराधना एवं दर्शनका लागि पुग्ने गर्छन् ।


तलेजु मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख काजीमान प्याकुरेलले जानकारी दिए ।

तलेजु भवानीलाई भने फूलपातीकै दिन सोमबार हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काइने जनाइएको छ ।

मूलचोकमै महाअष्टमीको राति कालरात्रि पूजा गरी ५४ बोका र ५४ राँगाको बलिसमेत दिइन्छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने सङ्कल्पले महाअष्टमीको राति तान्त्रिक विधिले कालरात्रि पूजा गर्ने गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्जको बागेश्वरी मन्दीरमा जिब्रो छेडेर दर्शन गर्नेको भिड

१५ आश्विन २०८२, बुधबार १०:०९
नेपालगञ्ज :  हिन्दू धर्मावलम्बीहरुको बडादशैको नवमीको दिनमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्जको बागेश्वरी मन्दिरमा यक्ष र मोक्षप्राप्तीको आशामा फलामको त्रिशुलले जिब्रो छेड्ने परम्परा छ । यो परम्परा अनुसार बडा दशैको नवमीको दिन र चैते दसैको नवमीको दिनमा ठूलो संख्यामा जिब्रो छेडेर वाक्यकी देवी बागेश्वरीमाताको दर्शन गर्ने चलन छ । परापूर्वकालदेखि […]