लुम्बिनी प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरुको आकर्षण बढ्दै

सदरलाइन संवाददाता २६ आश्विन २०८२, आईतवार १६:४२
 

नेपालगञ्ज :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्राविधिक विश्वविद्यालयप्रति विद्यार्थीहरूको आकर्षण बढ्दै गएको पाईएको बताएका छन् ।

आइतबार विश्वविद्यालयको सातौं सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन । उनले विश्वविद्यालयलाई उत्कृष्ट र नमुना संस्थाका रूपमा विकसित गर्न साझा प्रयास आवश्यक रहेको औल्याए ।

मुख्यमन्त्री आचार्यले पछिल्ला ६–७ महिनामा गरिएको मेहनतले आशाको किरण जगाएको उल्लेख गर्दै विश्वविद्यालयले अझ विश्वास जित्नका लागि थप परिश्रम गर्नुपर्ने बताए । ‘प्रचारप्रसारमा अझ सक्रिय हुनुपर्ने आवश्यकता छ’–उनले भने, ’विश्वविद्यालयलाई जनस्तरसम्म पु¥याउन सबैले मिलेर काम गर्नुपर्छ ।’

उनले लुम्बिनी प्राविधिक विश्वविद्यालय भौगोलिक रूपमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको संगम स्थल भएकाले यसले तीनवटै प्रदेशका विद्यार्थीलाई आकर्षित गर्न सक्ने क्षमता रहेको बताउनुभयो । ‘यो विश्वविद्यालयलाई धेरै हिसाबले मन्थन गरेर उत्कृष्ट बनाउन सकिन्छ’–उनले भने–‘सरकारको तर्फबाट आवश्यक सहयोग र साथ रहनेछ ।’


सभामा प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पनि विश्वविद्यालयले विद्यार्थीमा विश्वास जगाउदै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सातौं सभामा विश्वविद्यालयका विभिन्न आर्थिक, शैक्षिक र प्रशासनिक विषयमा प्रस्तावहरूमा छलफल गरिएको थियो ।

आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन र २०८२/०८३ को बजेट स्वीकृति, अध्ययन संस्थान तथा केन्द्रहरूलाई आर्थिक व्यवस्थापन अधिकार प्रदान गर्ने, शिक्षक–कर्मचारी सेवा विनियममा संशोधन, करार कर्मचारी व्यवस्थापन कार्यविधि सुधार, र कृषि, वन तथा पर्यटनका शैक्षिक कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्तावहरू समावेश थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यातायात कार्यालय नेपालगञ्जले कारकाँदोबाट सेवा दिन सुरु

२६ आश्विन २०८२, आईतवार १६:४२
नेपालगञ्ज : गत भदौ २४ गते अन्दोलनका क्रममा आगजनी भएको यातायात व्यवस्था कार्यालय नेपालगञ्जले अब कारकाँदोमा रहेको एक सरकारी भवनबाट सेवा दिन सुरु गरेको छ । कार्यालय स्थापना भएदेखि नै भाडाको भवनबाट सेवा दिँदै आएको कार्यालयले पहिलोपल्ट आइतबारबाट सरकारी भवनबाट सेवा दिन सुरु गरेको । कार्यालय सञ्चालनका लागि नेपालगञ्ज–१८ स्थित […]

सम्बन्धित