२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पियनसीप सुरु



नेपालगञ्ज :  नेपालगञ्ज स्वीमिङ क्लबको आयोजनामा नेपालगञ्जमा दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप प्रतियोगिता–२०२५ शुक्रबार बिहानदेखि सुरु भएको छ ।

सो प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले उद्घाटन गर्दै लुम्बिनी प्रदेशमा खेल क्षेत्रको अपार सम्भावना भएकाले प्रदेश सरकार खेल क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको कुरामा जोड दिए ।

उनले पछिल्लो समय लुम्बिनी प्रदेशले खेलका क्षेत्रमा राम्रो छबी बनाएको उल्लेख गर्दै निरन्तर खेलकुदका गतिबिधि आयोजना गरिदा खेलाडिमा खेल भावनाको उजागर हुने तथा खेलकलामा निखार आउने दाबी गरे ।

कार्यक्रममा मन्त्री पाण्डेले पौडी प्राविधिक विष्णु खड्कालाई ह्वीसिल प्रदान गरेर खेलको शुभारम्भ गरेका लगत्तै प्रतियोगिता सुरु भएको थियो ।

क्लबका अध्यक्ष केशवराज न्यौपानेको अध्यक्षता र क्लबका बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारीको स्वागत मन्तन्यबाट सुरु भएको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री रत्न खत्री, प्रदेशसभा सदस्य अम्बिका काफ्लेले प्रतियोगिता सफलताको कामना गरेका थिए ।

प्रतियोगितामा देशभरीका अन्डर ८, १०, १२, १४ र १७ वर्ष उमेर समूहका अतिरिक्त खुल्ला उमेर समूहका १ सय ५० भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ ।

अन्डर ८ उमेर समूहका खेलाडीहरुले २५ मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन भने अन्डर १० उमेर समूहका खेलाडीहरुले अन्य खेलाडीहरुले ५० मिटर दुरीमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यसैगरी अन्डर १२ र १४ उमेर समूहका खेलाडीबीच ५० र १०० मिटर दुरीका विभिन्न इभेन्टहरुमा प्रतिस्पर्धा गर्ने छन् । खुल्ला उमेर समूहमा २०० र ४०० मिटर दुरीका विभिन्न इभेन्टमा खेलाडीबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता अबधिमा विभिन्न ५६ वटा इभेन्टमा हुने बताईएको छ ।

प्रकाशित मिति : २०८२ कात्तिक १४ गते शुक्रबार
ताजा समाचार