जेनजी आन्दोलनमा गोली चलाउने आदेश दिइएको छैन : पूर्वगृहमन्त्री लेखक

सदरलाइन संवाददाता २४ आश्विन २०८२, शुक्रबार १६:५८
 

काठमाडौ :  पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनका बेला प्रहरीलाई गोली चलाउने आदेश तत्कालीन प्रधानमन्त्री र आफूले नदिएको बताएका छन् ।

सञ्चारकर्मीसँग आज संक्षिप्त कुरा गर्दै पूर्वगृहमन्त्री लेखकले सो कुरा बताएका हुन । ‘जेनजी आन्दोलनको मागहरु जायज थिए, शान्तिपूर्ण आन्दोलन गर्ने भनेका थिए, तर, आन्दोलनमा घुसपैठ भयो भन्ने जेनजी नेतृत्वले नै भनिरहेकाले मैले थप भन्नु परेन’ उनले भने ।

गत भदौ २३ गते र २४ गते भएको आन्दोलनमा आफूले नैतिकताले २३ गते नै पदबाट राजीनामा दिइसकेको स्मरण गराउदै उनले भने, “प्रहरीलाई गोली हान्ने आदेश हाम्रो थिएन, आदेश गर्ने विषय पनि होइन । प्रधानमन्त्री र मैले आदेश दिएका छैनौं, म यो स्पष्ट पार्न चाहन्छु ।” घटनाहरु दुःखद भएकाले म आफू पनि निकै दुःखी बनेको उनले बताए ।

मुलुकको नयाँ घटनाक्रमलाई लिएर काँग्रेसको बैठक नियमित बसिरहेको बताउँदै उनले पार्टी पाधिकारी र केन्द्रीय कार्य सम्पादन समितिका सदस्यहरुसँग निरन्तर छलफल जारी रहेको उनले बताए । नेपाली काँग्रेस र संविधानको रक्षा र लोकतान्त्तिक पद्धतिका लागि सबै दलहरुबिच एकताको खाँचो रहेको उनले बताए ।


समस्याको समाधानका लागि बृहत्तर एकता र संवादको खाँचो रहेको बताउँदै उनले जेनजी पुस्ताको माग सम्बोधन गर्न पनि संवादको आवश्यकता रहेको बताए । ती मागहरु लोकतान्त्रिक मूल्य र मान्यताका आधारमा सम्बोधन हुने उनको भनाइ छ ।

कसैले कसैप्रति प्रतिशोध साँध्नुभन्दा पनि जिम्मेवारीका साथ सबै दलहरु एकतावद्ध भएर अघि बढ्नुपर्ने उनले बताए । संकटका बेला मुलुकलाई समाधान दिन सबै दलको जिम्मेवारी रहेको बताउँदै उनले त्यसका लागि सरकारले सामुहिक संवाद गर्नुपर्ने सुझाव दिए ।

मुलुकको संविधान बमोजिम र कानुनी शासनको माध्यमबाट नै मुलुकको निकास सहज हुने बताउँदै उनले वर्तमान सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरे । ‘मुलुक अहिले गम्भीर अवस्थामा छ, यो अवस्थालाई बुझेर संयमित रुपले निकास खोल्नुपर्छ, लोकतान्त्रिक मूल्य मान्यतालाई ध्यान दिएर समाधान खोज्नुपर्छ’ उनले भने ।

पूर्वगृहमन्त्री लेखकले आन्दोलनका क्रममा साहदत्त प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् । आन्दोलनका क्रममा घाइते भएकाहरुको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरे । आन्दोलनलगत्तै उनको आमाको निधन भएपछि उनी आमाको किरियामा रहेका थिए । उनले आज लामो समयपछि आफ्नो धारणा रार्वजनिक गरेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हिन्दु नारीहरुले आज करवा चौथ मनाउँदै

२४ आश्विन २०८२, शुक्रबार १६:५८
नेपालगञ्ज :  विवाहित हिन्दु महिलाहरुले आफ्नो पतिको लामो आयुको कामना गर्दै आज करवा चौथ पर्व मनाउँदै छन् । आज करवा चौथको पूजा गर्ने चौथी तिथि रहेकोले राती चार घरी पछि चन्द्रयोदय भएपछि विवाहित हिन्दु महिलाहरुले पतिको लामो आयुको कामना गर्दै पूजा गर्दछन् । दिनभरी बिना पानी र निराहार ब्रत बसेर […]

सम्बन्धित