लुम्बिनी स्पोट्र्स अवार्ड नेपालगञ्जमा आयोजना गरिदै

सदरलाइन संवाददाता २४ आश्विन २०८२, शुक्रबार १८:४३
 

नेपालगञ्ज : नेपाली खेलाडी र खेलकर्मीको योगदानलाई सम्मान गर्ने उद्देश्यसहित नेपालगञ्जमा पहिलो पटक लुम्बिनी स्पोट्र्स अवार्ड आयोजना गरिने भएको छ ।

रङ्गशाला नेपाल मिडिया प्रालिको व्यानरमा आयोजनामो लुम्बिनी स्पोट्र्स अवार्ड आगामी मङ्सिर १८ गते हुने बताईएको छ । रङ्गशाला नेपाल मिडिया २०७३ साल जेठ १८ गते स्थापना भएको संस्था हो । रङ्गशाला नेपाल मिडिया प्रालिले सञ्चार र खेलकुदको क्षेत्रमा काम गर्दै आएको छ ।

अवार्डमा लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाका खेलाडी, खेलकर्मीले प्राप्त गरेका उपलब्धि र सफलतालाई आधार मानेर अवार्ड प्रदान गर्ने तयारी भैरहेको कार्यक्रम संयोजक चाहना शाहले बताईन ।


अवार्डमा उत्कृष्ट पुरुष खेलाडी अवार्ड, उत्कृष्ट महिला खेलाडी अवार्ड, विशेष अवार्ड र उत्कृष्ट टिम अवार्ड प्रदान गरिने शाहले बताईन । अवार्डसँगै पुरस्कृत हुनेलाई नगद र अन्य उपहार प्रदान गरिने आयोजकले जनाएको छ ।

लुम्बिनी स्पोट्र्स अवार्डलाई सफल बनाउनको लागि खेलकुदका निकाय, सङ्घ, विभिन्न कम्पनी, कर्पोरेट संस्थाहरुसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिने रङ्गशाला नेपाल मिडिया प्रालिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारद्वारा सबै मन्त्रालयलाई मितव्ययिता अपनाउन निर्देशन

२४ आश्विन २०८२, शुक्रबार १८:४३
दाङ  :  लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको खर्च नियन्त्रण गर्न विशेष निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शनिबार बसेको मन्त्रिपरिषदको बैठकले देशको वर्तमान आर्थिक अवस्था र स्रोत संकुचनको सम्भावित अवस्थालाई मध्यनजर गर्दै सो निर्णय गरेको हो । बैठकले प्रदेश सरकारको योजना तथा कार्यक्रममा विनियोजन भएको रकमको ८० […]