युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेमा कार्की

सदरलाइन संवाददाता १३ कार्तिक २०८२, बिहीबार १८:२८
 

नेपालगञ्ज  :  युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको अध्यक्षमा माधव कार्की चयन भएका छन् । उनी बास नेपालका जनसम्पर्क अधिकृत हुन ।

युवा गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष नारायण गिरीको प्रमुख आतिथ्यतामा आज नेपालगञ्जमा सम्पन्न जिल्ला भेलाले कार्कीको अध्यक्षतामा ९ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

शाखाको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश डा. शिल्पिना बुढामगर, गणेश भट्टराई र मोहनलाल सोनकर चयन भएका छन् । भने सदस्यहरुमा क्रमशः शोभा थापा मगर, ऋतिक शाही, बिनिता चिडिमार, वंगबहादुर घर्ती क्षेत्री र अमरेश सिंह चयन भएका छन् ।


युवा गैर सरकारी संस्था महासंघ नेपाल बाँकेका पूर्व अध्यक्ष अर्जुन कार्कीले सञ्चालन गरेको कार्यक्रममा बास नेपालका निर्देशक हेमराज भट्टले स्वागत तथा बाँकेमा युवासंस्थाहरुको अवस्थाको बारेमा बोलेका थिए ।

यसैगरी गैसस महासंघ बाँकेका उपाध्यक्ष मन भण्डारीले युवा गैर सरकारी संस्थाले गर्ने कार्यमा गैरसरकारी संस्था महासँघ बाँकेको पूर्ण सहयोग र सहकार्य रहने बताएका थिए ।

जिल्ला भेलाले युवा गैर सरकारी संस्था महासँघ बाँकेका पूर्ब अध्यक्ष अर्जुन कार्की, पुर्ब उपाध्यक्ष रेशम परियार र पुर्ब सहसचिव किरण गिरीलाई सल्लाहकारमा चयन गरेको छ । युवाको क्षेत्रमा काम गर्ने सस्थाहरुको छाता संगठनको रुपमा २०६५ सालमा स्थापना भई कार्यरत महासंघ युवा सरोकारका बिषयहरुमा देशभर आवाज उठाउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोण सभामा बोल्दा बोल्दै जिफन्ट उपाध्यक्षको निधन

१३ कार्तिक २०८२, बिहीबार १८:२८
नेपालगञ्ज : रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्ने क्रममै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ । बोल्दा बोल्दै अचानक ढलेका उपाध्यक्ष गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएकोमा त्यहाँ उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नेपाल ट्रेड […]