कोण सभामा बोल्दा बोल्दै जिफन्ट उपाध्यक्षको निधन

अजमत अली सिद्दिकी (बब्लु) १३ कार्तिक २०८२, बिहीबार १८:४४
 

नेपालगञ्ज : रुपन्देहीमा नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्ने क्रममै नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको मृत्यु भएको छ ।


बोल्दा बोल्दै अचानक ढलेका उपाध्यक्ष गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पु¥याईएकोमा त्यहाँ उनको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतम बुधवार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए ।

धर्ना कार्यक्रममा बोल्दै उनी मजदुरमाथि अन्याय भएको भन्दै केही आक्रोशित मुद्रामा प्रस्तुत ुभएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बेलायतती राजा चार्ल्स तेस्रोले कान्छा भाइ प्रिन्स एन्ड्र्यूबाट राजकुमारको उपाधि खोसे

१३ कार्तिक २०८२, बिहीबार १८:४४
बेलायतका राजा चार्ल्स तेस्रोले आफ्ना कान्छा भाइ प्रिन्स एन्ड्र्यूबाट राजकुमारको उपाधि खोसेका छन् । राजा चार्ल्सले उनी बस्दै आएको विन्डसरस्थित घरबाट पनि निकालेका छन्। बकिङ्घम प्यालेसले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘शाही परिवारले जेफ्री एप्स्टिन काण्डसँग उनी (एन्ड्र्यू) को सम्बन्धका कारण दूरी कायम गर्न चाहन्छ।’   के हो एप्स्टिन काण्ड […]