ट्रंक लाइन विवाद

वार्ता र संवादबाट समस्याको समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

सदरलाइन संवाददाता १२ कार्तिक २०८२, बुधबार १८:००
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योगहरू बन्द हुन पुगेका, सयौं श्रमिकहरू रोजगारीविहीन बनेका र स्थानीय अर्थतन्त्रमा नकारात्मक असर परेको प्रदेश सरकारको बुझाइ छ ।


मुख्यमन्त्री आचार्यले बुधबार जारी प्रेस विज्ञप्तिमा संघीय सरकारले अभिभावकको भूमिकामा रही नेपाल विद्युत् प्राधिकरण र उद्योग सञ्चालकहरूबीच संवाद र सहकार्यका माध्यमबाट दीर्घकालीन समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएका हुन ।

उनले उद्योग व्यवसायमा विश्वास पुनःस्थापना गर्न, श्रमिकहरूको हकहित जोगाउन र आर्थिक सन्तुलन कायम गर्न सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।

विज्ञप्तिमा लुम्बिनी प्रदेश सरकार उद्योग व्यवसायको प्रवद्र्धन, श्रमिक हित संरक्षण र प्रदेशको समग्र आर्थिक विकासका लागि निरन्तर प्रतिबद्ध रहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुख्यमन्त्री आचार्य र युएनडीपी टोलीबीच भेटवार्ता : जैविक मल र रोजगारी अभिवृद्धिमा सहकार्यको खोजि

१२ कार्तिक २०८२, बुधबार १८:००
दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) को एक प्रतिनिधि मण्डलबीच भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका (देउखुरी)मा बुधबार भएको हो । भेटमा मुख्यमन्त्री आचार्यले स्थानीय उत्पादन अभिवृद्धि गर्दै रोजगारीका पर्याप्त अवसर सृजना गर्न समुदाय परिचालनलाई सरकारले प्राथमिकतामा राखेको बताए […]