छठले समानता र एकताको सन्देश बोकेको छः मुख्यमन्त्री आचार्य

सदरलाइन संवाददाता १० कार्तिक २०८२, सोमबार १७:५१
 

दाङ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छठ पर्वले सामाजिक एकता, समानता र सद्भाव सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका छन् । उनले धार्मिक सहिष्णुता, सांस्कृतिक विविधता र सकारात्मक व्यवहारको विकासमा पनि यस पर्वले प्रेरणा दिएको उल्लेख गरेका हुन ।

छठ पर्व–२०८२ का अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले सूर्यदेव र छठी माताको पूजा श्रद्धा र आस्थाका साथ विस्तार हुँदै गएको बताए ।


उनले भेदभावविना सबै प्राणीलाई प्रकाश, ताप र शक्ति दिने समानताको प्रतीक सूर्यदेवप्रति आस्था र श्रद्धा व्यक्त गर्ने यो पर्वले समाजमा आपसी सद्भाव र एकता सुदृढ पार्दै आएको छठ पर्वले सामाजिक विभेद र विसङ्गतिलाई अन्त्य गर्न पनि प्रेरणा दिने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री आचार्यले देशमा देखिएका चुनौतीहरूको समाधान संवैधानिक र लोकतान्त्रिक विधि तथा प्रक्रियामार्फत मात्रै सम्भव हुने बताउँदै साझा समझदारी र दृढताको आवश्यकता औँल्याए ।

उनले लुम्बिनी प्रदेश सरकारले मौलिक संस्कृतिको संरक्षण र संवर्धनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गरिरहेको जानकारी दिए । ‘समृद्ध लुम्बिनी, खुसी नागरिक’ को लक्ष्य पूरा गर्न प्रदेश सरकार निरन्तर प्रयत्नशील रहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संविधानको रक्षा र अराजकताविरुद्ध अर्घाखाँचीमा एमालेको बृहत् सद्भावर्याली

१० कार्तिक २०८२, सोमबार १७:५१
अर्घाखाँची : नेकपा (एमाले) अर्घाखाँचीले सोमबार संविधानको रक्षा, राष्ट्रिय एकता र सामाजिक सद्भावका लागि बृहत् सद्भाव ¥यालीको आयोजना गरेको छ । देशमा फैलँदै गएको अराजक प्रवृत्ति, प्रतिगामी षड्यन्त्र र अस्थिरताको प्रयासका विरुद्ध जिल्ला सदरमुकाम सन्धिखर्कमा सद्भाव ¥याली निकालिएको हो । ¥यालीमा जिल्लाका विभिन्न स्थानीय तहहरूबाट एमालेका नेता, जनप्रतिनिधि, कार्यकर्ता, महिला, […]

सम्बन्धित