मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

सदरलाइन संवाददाता २ कार्तिक २०८२, आईतवार १६:००
 

नेपालगञ्ज : कैलालीको लम्कीचुहामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार ज्यान जानेमा बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीका ६४ वर्षका दानबहादुर साउद, ३५ वर्षका हर्क साउद र १६ वर्षका शीतल साउद रहेका छन्।सो दुर्घटनामा १२ जना मलामी घाइते भएका छन्। उनीहरू सबैको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए।


उनका अनुसार सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर आज दिउसो १ बजे लम्कीचुहा नगरपालिका-३ स्थित धोबेनी खोला नजिकै दुर्घटना भएको हो।

दुर्घटनाग्रस्त ट्याक्टर पूर्वपश्चिम राजमार्गबाट तल खसेको छ। दुर्घटनापश्चात ट्याक्टर चालक बर्दगोरिया गाउँपालिका-४ निमुवाबोझीका देवबहादुर बोहरा फरार भएका छन्। प्रहरीले चालक बोहराको खोजी भइरहेको जानकारी दिएको छ। उनीहरू स्थानीय ७४ वर्षका हर्क बोहराको अन्तिम दाहसंस्कारका लागि लम्कीचुहा नगरपालिका-३ चिसापानीस्थित कर्णाली नदी किनार गइरहेका बेला दुर्घटनामा परेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके राप्तिसोनारीका बादी समुदायमा फ्रिडम किटब्याग बितरण

२ कार्तिक २०८२, आईतवार १६:००
राप्तीसोनारी (बाँके) : बाँके राप्तिसोनारी गाँउपालिका वडा नं २ र ३ मा बसोबास गर्ने बादी समुदायका महिला तथा किसोरीहरुका लागि महिनावारी स्वच्छता शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । राप्तिसोनारी गाँउपालिकाका उपाध्यक्ष मनिषा सिह थारुको प्रमुख आतिथ्यतामा आयोजना गरिएको महिनावारी स्वच्छता कार्यक्रम बास नेपाल र एफकेबी युकेको संयुक्त आयोजनामा सम्पन्न गरिएको […]

सम्बन्धित