प्रतिनिधिसभा विघटनविरुद्ध ९ रिट संवैधानिक इजलासमा

१२ कात्तिकमा प्रारम्भिक सुनुवाइ

सदरलाइन संवाददाता २९ आश्विन २०८२, बुधबार १८:४०
 

नेपालगञ्ज : प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ।

सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।


संविधानविपरीत प्रतिनिधिसभा विघटन गरी अन्तरिम सरकार गठन गरिएको भन्दै सर्वोच्च अदालतमा ९ वटा रिट निवेदन दर्ता भएका छन्। ती निवेदनहरू हिजो पेश भएका थिए।

आवश्यक अध्ययनपछि सबै रिट दर्ता गरिएको सर्वोच्च प्रशासनले जनाएको छ। सर्वोच्च प्रशासनका अनुसार दर्ता गरिएका सबै ९ रिटहरू संवैधानिक इजलासमा तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कात्तिकको दोस्रो साता नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना हुँदै

२९ आश्विन २०८२, बुधबार १८:४०
नेपालगञ्ज : कात्तिकको दोस्रो सातामा नेपालगञ्जमा राष्ट्रिय पौडी प्रतियोगिता आयोजना गरिदै छ । नेपालगञ्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा आगामी कार्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज नेशनल स्वीमिङ च्याम्पिनसीप २०२५ आयोजना गर्न लागेको हो । नेपालगञ्ज रंगशाला परिसरको पौडी पोखरीमा हुने प्रतियोगिताबारे क्लबले बुधबार पत्रकार सम्मेलन आयोजना गरेर सो जानकारी […]