हमासले २० जना बन्धक रिहा गर्‍यो

एजेन्सी २७ आश्विन २०८२, सोमबार १६:४५
 

हमासले बन्धक बनाएका २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्र भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्‍याएको थियो ।

हमासले २० जना बन्धक रिहा गरेसँगै सम्झौता अनुसार इजरायलले २५० जना प्यालेस्टिनी कैदी र १७०० भन्दा बढी बन्दी रिहा गर्नेछ । हमासले बन्धक रिहा गर्ने सहमतिपछि नेपालका विपिन जोशीको रिहाइ हुने अपेक्षा गरिएको थियो ।

तर, हालसम्म जोशीको अवस्थाबारे यकिन विवरण प्राप्त भएको छैन । उनलाई पनि हमासले २०२३ अक्टोबर ७ मै अपहरण गरेर बन्धक बनाएको थियो । हमासले रिहा गरेका बन्धकहरूलाई रेडक्रसको मद्दतमा गाजाका विभिन्न स्थानबाट इजरायल ल्याइएको हो । हालै हमासको नियन्त्रणबाट रिहा भएका बन्धकहरूको तस्वीर इजरायली सेनाले सार्वजनिक गरेको छ ।


जसमा जुम्ल्याहा दाजुभाई गली र जि बर्मन समेत रहेका छन् । उनीहरू रिहाइको खुशीमा आपसमा अंकमाल गरिरहेका देखिन्छन् । रिहाइपछिका तस्वीरमा बन्धकहरू इजरायली सैनिकसँग कुरा गरिरहेको पनि देखिन्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प समेत इजरायल पुगेका छन् । ट्रम्पले सोमबार नै इजरायली संसदलाई सम्बोधन गर्ने छन् । साथै उनले बन्धकका परिवारलाई पनि भेट्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

ट्रम्पले अघि सारेको शान्ति योजना अनुसार अमेरिकासहित इजिप्ट, कतार र टर्की समेतको मध्यस्थतामा इजिप्टको कायरोमा इजरायल र हमासबीच युद्ध रोक्ने सहमति भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथनका लागि केन्याका जोन र मिस नेपाल श्रृच्छा सदभावना दूत नियुक्त

२७ आश्विन २०८२, सोमबार १६:४५
नेपालगञ्ज : नेपालगञ्न म्याराथनका लागि केन्याका जोन र मिस नेपाल श्रृच्छा सदभावना दूत नियुक्त भएका छन् । वल्र्ड क्लास धावक केन्या निवासी जोन केलाई र मिसन नेपालवल्र्ड २०२३ श्रृष्छा प्रधान नेपालगञ्ज म्याराथनको सदभावनादूत नियुक्त भएका हुन् । सोमवार नेपालगञ्जमा आयोजित बिशेष कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले सदभावनादूतको कदरपत्र जोन […]