
नेपालगञ्ज : जेनजी आन्दोलनकारीहरुको एक समुहले नेपालगञ्जको पासाङ्ग ल्हामुमार्गमा एमाले बाँके र नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय बाँकेमा आगजनी गरेका छन् ।


मंगलबार दिउसो प्रदर्शनकारीको समूहले दुबै पार्टी कार्यालयमा आगजनी गरेको हो । उनीहरुले पुष्पलाल चोकमा रहेको पुष्पलालको सालिक तोडफोड गरेका हुन ।
अन्दोलनकारीहरुले पुष्पलालचोकमा रहेको प्रहरीको बिट तथा ट्राफिक बिट जलाउनुको साथै एक मोटरसाईकलमाथी आगजनी गरेका थिए ।



