
नेपालगञ्ज : हिन्दू समुदायको महान पर्व बडा दशैको अवसरमा पश्चिम नेपालको प्रशिद्ध शक्तिपिठ नेपालगञ्नको बागेश्वरी मन्दिरमा विषेश चहल पहल सुरु भएको छ ।
आज घटस्थापनाको दिन विहानै स्नानगरी मन्दिरमा माता बागेश्वरीको दर्शन गरी नवरात्राभर निराहर ब्रत बस्ने चलन रहेको कारण भक्तजनहरुको विषेश भिड रहने मन्दिरका मुल पुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

उनले मन्दिरमा दशैघरको स्थापना गरी जमरा राख्ने, देबिको खुला दर्शनको पूजा सञ्चालन गर्नेलगायतका पवित्रकार्य गर्ने गरिएको बताए ।
यसैगरी बडा दशैको अवसरमा बाँकेमा रहेका शक्तिपिठहरु सजाईएको साथै विषेश पूजाआजा गरिने गरिएको छ । नेपालगञ्जमा विभिन्न टोलहरुमा दुर्गाको मूर्ती स्थापना गरी पूजा सञ्चालन गर्ने गरिन्छ ।


