लुम्बिनी र गण्डकी प्रदेशबीच दोस्रो समन्वयात्मक बैठक जारी

सदरलाइन संवाददाता १६ भाद्र २०८२, सोमबार १४:२०
 

स्याङ्जा : लुम्बिनी प्रदेश र गण्डकी प्रदेशबीचको दोस्रो समन्वयात्मक बैठक सोमबार स्याङ्जाको उत्तरबाहिनीमा सुरु भएको छ । बैठकमा दुबै प्रदेशका विकासका प्राथमिकता तथा समस्या पहिचानबारे छलफल भइरहेको छ ।

यसअघि भएका निर्णयहरूको कार्यान्वयन समीक्षा गर्ने र नयाँ साझा घोषणापत्र जारी गर्ने तयारी बैठकको एजेन्डामा समावेश छन् । माघ ३० गते रानीमहलमा सम्पन्न पहिलो बैठकले २१ बुँदे निर्णय गरेको थियो ।


लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको उपस्थितिमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बैठक सञ्चालन भइरहेको छ । बैठकमा दुबै प्रदेशका मन्त्रीहरू तथा सरोकारवालाको सहभागिता छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पितृसत्ताको घेराभित्र छोरी कहिल्यै मान्छे हुनै पाउदैनन्

१६ भाद्र २०८२, सोमबार १४:२०
थन्किएका छन् थुप्रै चेतनाहरु, नयाँ आविस्कारका सम्भावनाहरु, धारणाहरु, आँटहरु र बनिइरहेका छन् मात्र एक छोरी । त्यसैले आजसम्म पनि यो समाजले छोरीलाई बोझ र अर्काको घरमा जाने जात भन्दा भिन्न नजरियाले हेर्न सकेको छैन । छोरीहरुमा जिज्ञासाको विजारोपण हुन, विचार उम्रन, धारणा फुल्न र सशक्त चेतना फल्न सक्नु पर्दछ । नेपालगञ्ज […]