रास्वपा नेत्री सुमनाले छाडिन पार्टी

सदरलाइन संवाददाता २९ भाद्र २०८२, आईतवार १८:२०
 

नेपालगञ्ज :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोड्ने घोषणा गरेकी छन् ।उनले कहिल्यै गल्ती नस्वीकार्ने र गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने भन्दै पार्टी छोडेको घोषण गरेकी हुन ।

उनले भनिन–‘अब खुलारूपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मन लाग्दी चलुञ्जेल मनलाग्दी गर्नु होला । मैले पार्टी छोडेँ ।’


पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्धमा मिडिया ट्रायल गरेको उनको आरोप छ । उनी भन्छिन–‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देश भन्दामाथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ । तर, त्यसले कत्ति पनि फरक पारेन । अझ उल्टै मिडिया ट्रयाल हुन थाल्यो । यो स्वीकार्य छैन ।’

उनले कांग्रेस एमाले लगायतका पार्टीका तेस्रो पुस्ताका नेताहरू पनि सोच्न आग्रह गर्दै भन्छिन–‘आजको दिनको परिस्थिति आउन तपाईहरूको भन्दा बढी तपाईहरूको नेतृत्वको बेहोराले हो । त्यो किन बोकेर बस्नुहुन्छ ? अहिले सहि समय आएको छ । आफ्ना नेताहरूलाई पूजा गर्न बन्द गर्नुहोस् । कि हटाउनुहोस्, कि हट्नुहोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यमान परिस्थितिका कारण ‘नाइट रन’ स्थगित, चाँडै अर्को मिति घोषणा हुने

२९ भाद्र २०८२, आईतवार १८:२०
नेपालगञ्ज :  यही असोज ३ गते आयोजना गर्ने गरी तय गरिएको नेपालगञ्ज १० नाइट रन विद्यमान परिस्थितिका कारण हाल स्थगित गरिएको छ । देशको बिषम परस्थितिका कारण अर्को सुचना नभएसम्मका लागि नाइट रन स्थगित गरिएको हो । नाइट रन आयोजक समितिको भर्चुअल बैठकले हाललाई नाइट रन स्थगित गर्ने निर्णय गरेको […]