नेपालगञ्जको एकलैनीमा भेटियो २ हजार बढी खाली गोलीको खोका

सदरलाइन संवाददाता ५ आश्विन २०८२, आईतवार १५:४०
 

नेपालगञ्ज : नेपालगञ्जमा ठूलो मात्रामा प्रयोग भएको गोलीको खोका भेटिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडानं.३ एकलैनीमा २ हजार ९६ थान गोलीको खोका सहित एक भारतीय नागरिक सहित २ जना प्रहरी नियन्त्रणमा परेका छन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्थानीयले संकास्पद रुपमा हिडिरहका भारत नानपारका ३५ वर्षिय राजु कुछबन्धिया र बारबर्दिया ११ गणेशपुरका मोहिनुदिन शेषका साथबाट प्रयोग भई सकेको खाली गोलीको खोका बरामद गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


पछिल्लो केही दिनयता टोलटोलमा चोरी र लुटपाट गर्न आउने धम्कीसहितको सूचना टाँगीएपछि स्थानीय नै सजग भएर आफ्नो टोलको सुरक्षा निगरानी गर्ने क्रममा सो गोलीको खोका बरामद भएको हो ।

स्थानीयका अनुसार प्रहरी नियन्त्रणमा रहेका कुछबन्धिया र शेष शंकास्पद अवस्थामा हिडिरहेका थिए । उनीहरुले त्यति धेरै गोलीको खोका काँहाबाट ल्याएको र कुन उद्देश्यले ल्याएको भन्ने खुल्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद् उत्थानशीलताका लागि नेपालगञ्जको तयारी

५ आश्विन २०८२, आईतवार १५:४०
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–३ सदरलाइन (सुनारमण्डी) मा हल्वाइ परिवारको बसोबास छ । विश्वभर फैलिएको कोभिड—१९ को असर यो परिवारमा प¥यो । कल्पना नगरेको विपत्तिले त्यो परिवार अहिले पनि भयभीत छ । कोरोना संक्रमणबाट हल्वाइ परिवारका सहोदर तीनभाइले ३६ घण्टाको अन्तरालमा ज्यान गुमाए । नेपालगञ्जका पुराना हार्डवेयर व्यवसायी नजिर अहमद हल्वाइका […]