नेपालगञ्जको धम्बोझी गाउभित्र भएको सडक दुर्घटनामा एकको मृत्यु

सदरलाइन संवाददाता ७ आश्विन २०८२, मंगलवार १८:५३
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगर वडानं. १, धम्बोझी गाउभित्र मङ्गलबार दिउँसो भएको सडक दुर्घटनामा परेर एकको ज्यान गएको छ । गुल्मबाट धम्बोझी जाने बाटोमा मोटरसाइकललाई ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक कर्णबहादुर थापाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकका अनुसार मङ्गलबार दिउँसो करिब ३ बजेर २५ मिनेटमा भे. १२ प. ९४८७ नम्बरको पल्सर मोटरसाइकललाई भे. १ त. ७७८४ नम्बरको ट्याक्टरले ठक्कर दिदा भेरी आयलका सञ्चालक समेत रहेका नेपालगञ्ज–१ का थापाको घटनास्थलमै मृत्यु भएको हो ।

स्थानीय धम्बोझीको वाटरपार्क जाने बाटोमा सो घट्ना भएको जनाउँदै प्रहरीले ट्याक्टरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


नेपालगञ्ज–१ का वडाध्यक्ष प्रमोद रिजालले घट्ना निकै दुःखद भएको जनाउँदै भेरी आयलका सञ्चालक थापाको मृत्यु भएको र उनको शवलाई कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा राखिएको बताए ।

मृतक थापाका छोरा भारतमा अध्ययन गरिरहेकाले उनी बुधबारसम्म मात्र फर्किने जानकारी आएकोले बुधबार नै शवको पोस्टमार्टम गरेर अन्तिम संस्कार गरिने वडाध्यक्ष रिजालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एक वर्षअघि नै लुम्बिनी प्रदेश सरकारले खारेज गरेको थियो पूर्वविशिष्ट पदाधिकारीको सेवा–सुविधा

७ आश्विन २०८२, मंगलवार १८:५३
दाङ : लुम्बिनी प्रदेश सरकारले एक वर्षअघि नै पूर्वविशिष्ट पदाधिकारीलाई दिँदै आएको सेवा–सुविधा खारेज गर्ने निर्णय गरेको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले जिम्मेवारी सम्हालेको केही समयपछि बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गर्दै पूर्वविशिष्ट पदाधिकारीले पाउँदै आएको सेवा–सुविधा खारेज गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पूर्वसभामुख पूर्णबहादुर घर्ति र […]