अब ३ करोडभन्दा बढीको घरजग्गा कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने

सदरलाइन संवाददाता ११ आश्विन २०८२, शनिबार १०:१४
 

काठमाडौ :  नेपाल सरकारले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका क्षेत्रमा एक पटकमा ३ करोड भन्दा बढीको घरजग्गाको कारोबार गर्दा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

बिहीवार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सो जानकारी दिएका हुन ।


यसैगरी, सरकारले राज्यकोषबाट लगानी भएका प्रतिष्ठान बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायत निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरुपता कायम गर्ने सम्बन्धमा गठित कार्यदलको म्याद ४५ दिन थप गरेको छ ।

साथै, सरकारले नेपाल बिमा प्राधिकरणको अध्यक्षमा जनकराज शर्मालाई नियुक्त गरेको छ । यसैगरी, सरकारले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण पूर्ववत् रुपमा सूचना विभागबाट गराउने निर्णयसमेत गरेको छ ।

अघिल्लो सरकारले स्थानीय प्रशासन कार्यालयबाट अनलाइनको दर्ता र नवीकरण गराउने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भागेका कैदीबन्दीलाई असोज २० गते भित्र कारागार फर्किन आग्रह, नफर्किए कारबाही

११ आश्विन २०८२, शनिबार १०:१४
काठमाडौ : सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित […]