नेपालगञ्ज उपमहानगरले सेवाग्राहीलाई सेवा दिन सुरु

सदरलाइन संवाददाता ३० भाद्र २०८२, सोमबार १६:२४
 

नेपालगञ्ज : जेनजी आन्दोलनको कारण आगजनी भएको नेपालगञ्ज उपमहानगरले सेवाग्राहीलाई आगलागी भएकै परिसरबाट सेवाप्रवाह सुरु गरेको छ ।

आन्दोलनकारीको आगजनीका कारण भवन जलेर खण्डहर भए पनि उपमहानगरबाट सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिन आफुहरुले पहिलो दिनदेखि नै पहल गरेको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले जानकारी दिए ।

उनले घटनापछि उपमहानगर परिसरको टिनको सेडमै कार्यपालिकाको बैठक समेत बसेर उपमहानगरको भौतिक पूर्वाधार निर्माण भन्दा पनि जेजस्तो अवस्था छ त्यसैबाट सेवा प्रवाह गर्ने निर्णय भएको बताए । उनले उपमहानगरबाट विगतमा दिदै आएको सेवा प्रवाह सुचारु रहेको बताए ।


उनले आगजनी लुटपाटबाट भएको क्षतिको विवरण संकलन गर्ने, नगरको सरसफाई सुचारु गर्नुको साथै स्वास्थ्य सुबिधाका दिनु पर्ने सिफारिसलगायतका सेवा शुन्यबाट सुरु गरेको बताए ।

आन्दोलनका क्रममा उपमहानगर परिसरमा भएका सरकारी तथा नीजी सवारी साधनमा आगजनी गरिनुको साथै आन्दोलनकारीले भवनका प्रत्यक कोठामा पुगेर आगजनी गर्नुको साथै कम्युटर, ल्यापटपलगायतका सामानहरु चोरी गरेका थिए ।

सोमबारको कार्यपालिका बैठकमा नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख प्रशासकिय अधिकृत शर्मा, सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मुगुको सोरु गाउपालिकाद्वारा समाजिक सुरक्षाभत्ताको लागि नेपालगञ्जको राँझामा बैकल्पिक सेवा केन्द्र स्थापना

३० भाद्र २०८२, सोमबार १६:२४
नेपालगञ्ज :  मुगु जिल्लाकै दुर्गम सोरु गाउँपालिकाले विभिन्न कारणवस अनेत्र जिल्लामा बस्न वाध्य भएका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुका लागि नेपालगञ्जमा वैकल्पिक सेवा केन्द्र स्थापना गरेर नविकरण गरि दिएको छ । रोजगार, औषधि उपचार, अध्ययन, आफन्तसंगको भेटघाट लगायतका समस्याले जिल्ला बाहिर रहेर सामाजिक सुरक्षा भत्ता नविकरण गर्न छुट्नु पर्ने अवस्थालाई मध्यनजर […]