अन्दोलनको खरानी टकटक्याउदै लयमा फर्कदै नेपालगञ्ज

सदरलाइन संवाददाता ३० भाद्र २०८२, सोमबार १५:३८
 

नेपालगञ्ज : जेनजी आन्दोलनका कारण अस्तव्यस्त बनेको बाँकेको नेपालगञ्ज, कोहलपुर, खजुरालगायतको जनजीवन क्रमशः सामान्य हुदै लयमा फर्कन थालेको छ । आन्दोलनका कारण जलाइएका कार्यालयहरु खरनाी टकटक्याउदै लयमा फर्कन थालेका हुन ।

जिल्ला प्रशासन कार्यालय बाँकेले राती १० बजेदेखि बिहान ६ बेजेसम्म जिल्लाभरी निषेधाज्ञा जारी राखे पनि अवस्था क्रमिक रुपले सामान्य लयमा फर्कन थालेको हो । नेपाली सेनाको नियमित गस्ती माइकिङ र सुरक्षाका कारण बाँकेको नेपालगञ्ज, कोहलपुर र खजुरा बजारक्षेत्र शान्त रहेपछि सवारी साधन पसल व्यवसाय सञ्चालनमा आएका हुन् ।

गत शुक्रवारदेखि नै बजारमा चहल पहल बढेको छ भने यातायातका साधनहरु उल्लेख्य मात्रामा चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरी निषेधाज्ञा जारी रहेको सूचना प्रकाशित गरेर एकै ठाँउमा ५ जना भन्दा बढी भेला, जुलुस, प्रदर्शन र होहल्ला गर्न नपाइने जनाएको छ ।

जेनजीको आन्दोलनको कारणल बन्द हुँदा दैनिक ज्याला मजदूरी गरेर दुई छाक टार्ने तथा रिक्सा, अटो रिक्सा चलाउनेहरु सबैभन्दा बढी पीडित भएको उनीहरुले जनाएका छन् । ‘आन्दोलनका कारण बढ्दो त्रास बिस्तारै कम हुँदै आएको छ । पसलहरु क्रमिक रुपले खुल्न थालेका छन । समग्रमा भन्नु पर्दा नेपालगञ्ज बिस्तारै लयमा फर्कन थालेको छ’– नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव भिमबहादुर रानाभाटले भने ।


यसैविच नेपालगञ्ज उपमहानगरले आन्दोलनका कारण भएको आगजनीले ध्वस्त पारिएको आफ्नो कार्यालय सरसफाई गरी सेवा प्रवाहको लागि पहल गरेको जनाएको छ । उपमहानगरका प्रमुख प्रशसकिय अधिकृत रामहरी शर्माले आगजनीबाट ध्वस्त भएको कार्यालय परिसर सरसफाई गरी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरीएको बताए ।

उनले सोमबार कार्यालय परिसरमै कार्यपालिकाको बैठक बसेर आवश्यक सेवा प्रवाहको लागि पहल गर्ने, उपमहानगरमा सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिने बताबरण तयार गरिएको बताए ।्

नेपालगञ्ज उपमहानगरका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा ल्याइएको नेपालगञ्ज उपमहानगर युवा खेलकुद तथा शिक्षा महाशाखा प्रमुख गोर्खबहादुर थापाले जानकारी दिए । उनले भने–‘ आन्दोलनका कारण बन्द रहेका विद्यालयहरु आईतबारदेखि सञ्चालनमा आएका छन् ।’

बाँकेमा जेनजी आन्दोलनका कारण जलेर ध्वस्त भएका सरकारी कार्यालयको सरसफाई गरी सेवाग्राहीलाई सेवा प्रवाहको लागि तयारी गर्न सुरु गरिएको छ ।

अन्दोलनको बाहानामा चोरी र लुटपाटका घटनालाई बृद्धि हुन नदिनको लागि बाँके प्रहरीले सबैलाई आव्हान गरेको छ । बाँके प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले नागरिक र प्रहरीको सहकार्यले मात्र समाजमा अपराध निस्तेज हुने भएकोले अपराध नियन्त्रण गर्नको लागि सहकार्य आवश्यक भएको बताए ।

उनले रातिको समयमा लुटपाट गर्ने उद्देश्यले निसकने समुहको पहिचान गरी प्रहरीलाई खबर गर्न आग्रह गरेका छन् । बाँके प्रहरीले अन्दोलनको बेलामा विभिन्न सरकारी कार्यालयबाट लुटपाट गरिएका सामानहरु फिर्ता गर्न समेत आव्हान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज उपमहानगरले सेवाग्राहीलाई सेवा दिन सुरु

३० भाद्र २०८२, सोमबार १५:३८
नेपालगञ्ज : जेनजी आन्दोलनको कारण आगजनी भएको नेपालगञ्ज उपमहानगरले सेवाग्राहीलाई आगलागी भएकै परिसरबाट सेवाप्रवाह सुरु गरेको छ । आन्दोलनकारीको आगजनीका कारण भवन जलेर खण्डहर भए पनि उपमहानगरबाट सेवा लिन आउने सेवाग्राहीलाई सेवा दिन आफुहरुले पहिलो दिनदेखि नै पहल गरेको उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामहरी शर्माले जानकारी दिए । उनले घटनापछि […]

सम्बन्धित