जेनजी आन्दोलनका शहीदहरूप्रति लुम्बिनी प्रदेश सरकारद्वारा श्रद्धाञ्जली

सदरलाइन संवाददाता ३१ भाद्र २०८२, मंगलवार १८:५६
 

दाङ :  लुम्बिनी प्रदेश सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा मंगलबार बसेको बैठकले सहादत प्राप्त शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली, परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरेको हो ।


यस्तै, प्रदेशको शान्ति सुरक्षा कायम राख्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नागरिक समाजले खेलेको भूमिकाप्रति धन्यवाद ज्ञापन गरिएको छ ।

आन्दोलनका क्रममा प्रदेशभित्र भएको क्षतिको विवरण संकलन गर्न सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका मुख्यमन्त्री कँडेल भन्छन : जेनजीलाई देखाएर व्यवस्था मासिँदैछ, सचेत बनौं

३१ भाद्र २०८२, मंगलवार १८:५६
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजीलाई देखाएर व्यवस्था मासिँदै गरेकोले सचेत बन्न आग्रह गरेका छन । उनले जेनजी आन्दोलन कुनै एक पार्टी वा नेताविरुद्ध मात्र नभई सिंगो देश र व्यवस्थाविरुद्ध भएको प्रष्ट पारे । एमाले सुर्खेतद्धारा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलन र […]