आन्दोलनको कारण देखाउदै भारतीय सुरक्षाकर्मीद्वारा दोहोरो आवागमनमा रोक

सदरलाइन संवाददाता २५ भाद्र २०८२, बुधबार १२:४६
 

नेपालगञ्ज  :  नेपालमा जारी जेनजी अन्दोलनको कारण नेपाल भारत सीमा क्षेत्र जमुनाहमा भारतीय पक्षले कडाई गरेको छ ।

भारतीय सुरक्षा निकायले काम विषेशले भारत जाने नेपालीलाई बोर्डरबाटै नेपाल फकाई रहेको छ ।

नेपालबाट भारत फर्कने भारतीय नागरिकलाई मात्र भारतीय सशस्त्र सिमा सुरक्षा बल एसएसबिले आधारकार्डका आधारमा भारत प्रवेश दिएको छ भने भारतमा रहेका नेपालीलाई नागरिकताको आधारमा नेपाल आउन दिएको छ ।


जेनजीको आन्दोलनको कारण देखाउदै दोहोरो आवागमनलाई भारतीय सीमा सुरक्षा बलले कडाई गरेको हो । नेपाल भारत सीमा क्षेत्रको जमुनाह नाकामा भारतीय सीमा सुरक्षा बलको बाक्लो उपस्थिति रहेको छ ।

भारतीय सुरक्षाबलका तर्फबाट सीमा बन्द भएकोले अर्को सूचना नआउदासम्म तपाईहरु फर्कनुस भन्ने सूचना समेत माईकिङ्ग गर्द आएको छ । हेर्नुस भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज कारगारमा गोली चल्दा एक घाइते स्थिति नियन्त्रणमा

२५ भाद्र २०८२, बुधबार १२:४६
नेपालगञ्ज :  नेपालगञ्ज कारागारमा रहेका कैदी बन्दीहरु कारागार भित्र आगजनी गरी बाहिर निस्कन खोज्दा भएको झडपमा गोली लागेर एक घाइते भएका छन् । बिहीबार दिउसो करिव ३ बजेतिर भएको सो झडमा परेर लागू औषधको मुद्दामा थुनामा रहेका एकजनालाई गोली लागेको हो । कारागारमा रहेका कैदी बन्दीहरु अगाडिको ढोका फोडेर बाहिर […]