
नेपालगञ्ज : बाँकेमा ११ औँ संविधान दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बाँकेका निजामती कर्मचारीहरुले नेपालगञ्जको बीपिचोकमा हातमा नेपालको संविधान बोकेर संविधानको रक्षाका लागि प्रदर्शन गरेका थिए ।
‘नेपाली जनताको संघर्ष र बलिदानीबाट संविधानको रक्षा र सुदुढीकरण, हाम्रो संकल्प’ भन्ने नाराका साथ बाँकेका निजामती कर्मचारीहरुले संविधानको रक्षा गर्दै कार्यान्वय गर्नु पर्ने नेपाल निजामति कर्मचारी संगठन बाँकेका अध्यक्ष देबिलाल चौलागाईले जानकारी दिए ।

उनले यस्तो विषम परिस्थितिमा बाँकेमा कार्यरत सबै निजामती कर्मचारीहरुको टे«ड युनियनका घटकहरुको संयुक्त सहभागितामा ११ औं संविधान दिवश मनाईएको बताए ।
सो अवसरमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, एकीकृत सरकारी कर्मचारी संगठनलगायतका निजामती कर्मचारी टे«ड युनियनमा आवद्ध कर्मचारीहरुले हातमा संविधान बोकेर यसको रक्षा र कार्यान्वमा जोड दिएका थिए ।




राम्रो कामकाे थालनी ।देशका पहरेदार हुन्। जब जब सत्त्ता डगमगाउछ तब कर्मचारीले समाधान सहयाेग गर्छन् ईतिहास साक्षी छ।