सुलभको आजै राप्तीको सिद्धनियाघाटमा हज्जारौले गरे बिदाई

जेनजी आन्दोलनमा काठमाडौमा मृत्यु भएका सुलभ र आयुषको शव नेपालगञ्ज पुग्यो

शिबेन्द्र भण्डारी २७ भाद्र २०८२, शुक्रबार १९:४२
 

 

नेपालगञ्ज :  आन्दोलनका क्रममा काठमाडौमा मृत्यु भएका २ जनाको युवाको शव नेपालगञ्ज ल्याई पुराइएको छ । जेनजी आन्दोलनका क्रममा काठमाडौको बानेश्वर गोली लागेर मृत्यु भएका २ युवाको शव नेपालगञ्ज ल्याइएको छ ।

गत भदौ २३ गते भएको जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागि ज्यान गुमाएका नेपालगञ्ज– १ का २३ वर्षिय सुलभराज श्रेष्ठ र १९ वर्षिय आयुष थापाको शव बुद्ध एयरमार्फत गृहनगर नेपालगञ्ज ल्याइएको हो ।


शिक्षण अस्पताल महाराजगन्जमा आज विहान पोष्टमार्टम गरिएपछि अपरान्ह शव नेपालगञ्ज ल्याइएको छ । सुलभको आजै हिदू परम्परा अनुसार अन्त्यष्टि गरिने तयारी रहेको छ भने आयुषको भोली शनिबार मात्रै अन्त्यष्टि गरिने जनाइएको छ । आयुषका आफन्तहरु बाहिरबाट आउनुपर्ने भएकाले भोलीमात्रै अन्त्यष्टि गरिने भएको हो ।

सुलभको शव अन्तिम श्रद्धान्जलीपछि नगर परिक्रमासँगै सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने भएको हो । आन्दोलनमा उनीहरूको मृत्यु भएपछि ५ दिनदेखि परिवार र नेपालगञ्जबासी शोकमा छन् ।

आयुष फिनल्यान्ड जानका लागि केही समय अघि मात्र काठमाडौ पुगेका थिए भने सुलभ काठमाडौमा इन्जिनियरिङ्ग अध्ययन गर्दै आएका थिए । सुलभ शिक्षक नरेन्द्र श्रेष्ठका एकमात्र छोरा हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रेशमलाल चौधरीद्वारा नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा

२७ भाद्र २०८२, शुक्रबार १९:४२
नेपालगञ्ज : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सो पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन् ।व्यक्तिगत अहङ्कार र स्वेच्छालाई जित्न नसकेको भन्दै उनले नागरिक उन्मुक्ति पार्टीबाट अलग भएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका हुन । ‘मैले नागरिक उन्मुक्ति पार्टीको गीत, विधान लेखेँ । मैले नै नागरिक उन्मुक्ति पार्टीको विचार स्थापना […]