दशैँ नजिकिएसँगै नेपाली उपभोक्ताको भारतीय बजारमा थेगिनसक्नु भिड

यदुराज मिश्र ५ आश्विन २०८२, आईतवार १६:०८
 

नेपालगञ्ज : दशैँ नजिकिएसँगै नेपालगञ्जको बजारभन्दा पनि भारतीय सीमावर्ती बजार रुपईडिहामा किनमेल गर्नेको थेगिनसक्नु भिड देखिन थालेको छ ।

पर्व लक्षित कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । नेपालगञ्जको बजारमा फाटफुट ग्राहक देखिए पनि सीमावर्ती भारतीय बजार रुपईडिहामा उपभोक्ताको भीड बढेको छ ।

नेपालगञ्जभन्दा रुपईडिहामा सस्तो दरमा सामान पाइने भएकोले किनमेलका लागि रुपईडिहा आएको नेपालगञ्ज वडा नं. १ की मनीषा रोकायले बताइन् । सरकारले किनमेल गरेपछि बिल अनिवार्यरुपमा लिन भनेपनि रुपईडिहाका ब्यापारीले सादा बिल दिने गरेको उनले बताइन् ।

चाडपर्व आएसँगै नेपालगञ्जका ब्यापारीले प्रत्येक सामानमा मूल्य बढाए पनि तीनै तहको सरकारले अनुगमनमा चासो नदिँदा जनतालाई सास्ती भएको उनको भनाइ छ ।


रुपईडिहामा किनमेल गर्न पुगेकी नेपालगञ्ज वडा नं. १० की अनिता श्रेष्ठले चाडपर्वका बेला भारतीय ब्यापारी पनि ठगिने गरेको गुनासो पोखिन् । उनले दशैंका लागि घरपरिवारलाई लुगा किन्दा अरु बेलाभन्दा पनि अहिले रुपईडिहामा पनि दाम बढेको बताइन् ।

यसैगरी घरायसी सामान किन्नका लागि रुपईडिहा पुगेका कोहलपुर दशबिघाका रञ्जन थापाले नेपालभन्दा रुपईडिहामा अलि सस्तो रहेको बताए । उनले चाडपर्वका बेला बाँकेका बजारमा भाउ बढे पनि तुलनात्मकरुपमा भारतीय बजारमा सस्तो पर्ने गरेको जिकिर गरे ।

उनका अनुसार रुपईडिहाबाट सामान किनेर फर्किंदा भारतीय प्रहरीले केही नभने पछि नेपाली सुरक्षा निकायले सताउने गरेको गुनासो गरे । ‘एक त नेपालमा महँगो पाइन्छ, रुपईडिहाबाट किनेर ल्याउँदा खेरी जमुनाहास्थित प्रहरीले धेरै केरकार गर्ने गरेको’ उनले भने ।,

रुपईडिहाबाट किनमेल गरेर फर्किंदै गरेका खजुरा वडा न. २ का रुपेश खड्काले नेपालमा चाडपर्वको मुखैमा आएर मात्र अनुगमनको देखावा गर्ने गरेको आरोप लगाए । ‘बाँकेमा रहेको तीनवटै बजार नेपालगञ्ज, कोहलपुर र खजुरामा अहिले सामान छोइनसक्नु भाउ बढेको छ, उनले भने, ‘अहिले प्रहरी प्रशासनसहित सम्बन्धित निकायले के हेरेर बसेछ ।

चाडपर्वको मुखैमा जेन–जी आन्दोलनबाट गुज्रेको देशमा महँगी अत्याधिक बढेको भन्दै खड्काले महँगी नियन्त्रण गर्न नसके यहाँका जनता निराश हुने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने लुम्बिनीका मुख्यमन्त्रीको भनाई

५ आश्विन २०८२, आईतवार १६:०८
  दाङ  : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन्जी आन्दोलनका क्रममा दाङ जिल्लामा आगजनीबाट प्रभावित कार्यालयहरुको अनुगमन गर्दै राज्यलाई कमजोर पार्ने गरी भएको आगजनीले कसैलाई फाइदा नहुने बताएका छन् । आइतबार तुलसीपुर उपमहानगरपालिका क्षेत्रमा आगजनीबाट प्रभावित कार्यालयहरुको मुख्यमन्त्री आचार्यले अनुगमन गर्दै यस्तो बताएका हुन । तुलसीपुर उपमहानगरपालिका, उच्च अदालतदेखि आगजनीमा […]