विभिन्न विपदमा परी लुम्बिनीमा ४३ जनाले ज्यान गुमाए

सदरलाइन संवाददाता १८ भाद्र २०८२, बुधबार १३:०८
 

नेपालगञ्ज: लुम्बिनी प्रदेशमा गत साउन महिनामा विभिन्न विपद्मा परी ४३ जनाले ज्यान गुमाएका छन् । प्रदेश आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा १५४ जना घाइते भएका छन् भने दुई जना बेपत्ता छन् ।

सो अवधिमा बाढी, डुबान, अतिवृष्टि, आगलागी, विषालु खाद्य सेवन, पहिरो, जनावर आक्रमण, चट्याङलगायत ३३५ वटा घटना घटेका थिए । ती घटनाका कारण मानवीय क्षति भएको हो । यसरी भएको विपद्ले रु ५१ लाखबराबरको भौतिक क्षति पुगेको अनुमान गरिएको छ । साउनमा मात्र बाढीमा परेर दुई, पानीमा डुबेर २७, आगलागीमा परेर एक, विषाक्त खाद्य सेवनका कारण चार, सर्पदंशका कारण आठ र अन्यमा एक गरी ४३ जनाको मृत्यु भएको जनाइएको छ ।


प्रदेशस्तरीय विवरणअनुसार दाङमा सात, कपिलवस्तुमा नौ, रूपन्देहीमा पाँच, बाँकेमा दुई, गुल्मीमा दुई, पाल्पामा दुई, प्यूठानमा चार, बर्दियामा तीन, अर्घाखाँचीमा दुई, नवलपरासी पश्चिममा दुई, रुकुमपूर्वमा एक र रोल्पामा चार जनाको ज्यान गएको छ ।

यस अवधिमा २१ निजी घर पूर्ण क्षतिग्रस्त भएका छन्भने १२ आंशिक क्षति भएका छन् । एक सरकारी भवन पूर्ण रूपमा क्षतिग्रस्त हुँदा दुईवटा भवनमा आंशिक क्षति भएका छन् । पशु क्षति ३० र गोठ क्षति २० रहेको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।

लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतको प्रदेश आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार विपद् न्यूनीकरण तथा उद्धारमा स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच समन्वयलाई अझ सशक्त बनाउने तयारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीद्वारा विधान महाधिवेशनको उद्घाटन गरिने प्रतिनिधिको संख्या २३४१ हुने

१८ भाद्र २०८२, बुधबार १३:०८
काठमाडौं : भाद्र २० गते शुक्रबारदेखि २२ गतेसम्म ललितपुर, गोदावरीस्थित सनराइज हलमा हुने भनिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्ने तय भएको छ । नेकपा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत जारी गरिएको विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको […]