राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति

सदरलाइन संवाददाता २२ श्रावण २०८२, बिहीबार १८:१५
 

काठमाडौं :  निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा सत्तारूढ नेकपा (एमाले) ले पनि असहमति जनाएको छ ।

स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्तक्षेप गर्न खोजेको एमालेको भनाइ छ ।

आयोगले ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ माथि आजसम्म सुझाव दिन दल तथा सरोकारवालाहरूलाई आग्रह गरेको थियो ।


‘स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला हो । नेपालको संविधानको भाग २९ को धारा २६९ देखि धारा २७२ सम्म राजनीतिक दलसम्बन्धी व्यवस्था छ ।

राजनीतिक दलको गठन, दर्ता, सञ्चालनसम्बन्धी व्यवस्था दलको स्वायत्तता र स्वतन्त्रताको मर्मभित्र रही जनताको आकांक्षाबमोजिम हुने भएकाले यो स्वनियमनमा चल्नपर्ने र यसको मूल्याङ्कन जनताले जनादेशमार्फत् गर्ने भएकाले स्वनियमन दलको आफ्नै आन्तरिक विषय हो,’ एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले भने ।

सैद्धान्तिक रूपमै राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि दल स्वयंको आन्तरिक विषय भएकाले राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिप्रति एमालेको अहसमति रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका कारण १०औं राष्ट्रिय खेलकुद नरोकिने मुख्यमन्त्री कँडेलको भनाई

२२ श्रावण २०८२, बिहीबार १८:१५
सुर्खेत :  कर्णाली प्रदेशको आयोजनामा सम्पन्न हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीका कारण प्रभावित नहुने कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले प्रतिबद्धता जनाएका छन् । १०औं राष्ट्रिय खेलकुदको सम्बन्धमा परामर्श गर्न बिहिबार सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीसँगको छलफलमा मु्ख्यमन्त्री कँडेलले कर्णालीका कारण प्रतियोगितामा कुनै असर नपर्ने बनाउँदै उनले हचुवाका […]