‘पूर्व राष्ट्रपति पार्टीको राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा’

सदरलाइन संवाददाता ७ भाद्र २०८२, शनिबार १८:३७
 

दाङ  : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी पार्टीको सक्रिय राजनीतिमा फर्किन खोज्नु गणतन्त्रका लागि खतरा भएको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी दाङ्गले आयोजना गरेको पत्रकार सम्मेलनमा आफ्नो भनाई राख्ने क्रममा महासचिव पोखरेलले सो कुरामा टिप्पणी गरेका हुन ।


‘सेनाको परमाधिपति भइसकेको व्यक्ति पार्टी राजनीतिमा फर्किदा गणतन्त्रप्रति अनाश्था फैलिने खतरा बढ्छ । पूर्व राष्ट्रपति संविधानको संरक्षक हो । सेनाको परामाधिपति भइसकेको व्यक्ति हो’– महासचिव पोखरेलले भने–‘उहाँ सक्रिय राजनीतिमा फर्किदा गणतन्त्रप्रति नै अनाश्था र अविश्वास पैदा गर्छ । त्यो गल्ती पार्टीहरू गर्नुहुँदैन ।’

माओवादी केन्द्रले पूर्व उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा फर्काएर गल्ती गरेको पोखरेलको भनाई थियो । माओवादी केन्द्र लोकतन्त्र सिक्दै गरेको पार्टी भएको भन्दै महासचिव पोखरेलले एमाले र काँग्रेसले माओवादीलाई लोकतन्त्र सिकाउनुपर्ने अवस्था आएको पनि बताए ।

‘माओवादी लोकतन्त्र सिक्दै गरेको पार्टी भएकाले पूर्व उपराष्ट्रपतिलाई राजनीतिमा फर्काएर गल्ती ग¥यो । माओवादीलाई एमाले र काँग्रेसले लोकतन्त्रका बारेमा सिकाउनुपर्छ’– महासचिव पोखरेलले भने । उनले माओवादीले उपराष्ट्रपतिलाई राजनीतिमा फर्काउने निर्णय सच्याउनु पर्ने कुरामा जोड दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपिन जोशीको सकुशल रिहाईका लागि सरकार निरन्तर प्रयासरत छ : प्रधानमन्त्री ओली

७ भाद्र २०८२, शनिबार १८:३७
काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राख्दै भनेका छन–‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट […]

सम्बन्धित