विपिन जोशीको सकुशल रिहाईका लागि सरकार निरन्तर प्रयासरत छ : प्रधानमन्त्री ओली

सदरलाइन संवाददाता ७ भाद्र २०८२, शनिबार १९:०४
 

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले इजरायलमा अपहरणमा परेका नेपाली युवा विपिन जोशीको सकुशल रिहाइका लागि सरकारले कुनै कसर बाँकी नराखेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै विपिनको आमा र बहिनीसँग भेट भएको फोटो राख्दै भनेका छन–‘विपिन जोशीकी आमा पद्मा र बहिनी पुष्पा इजरायलबाट फर्केपछि उहाँहरूसँग भेट भयो ।’

प्रधानमन्त्री ओलीका अनुसार विपिनको सकुशल उद्धार र फर्काइका लागि सरकार सक्रियतापूर्वक लागेको छ । विपिनका आमा र बहिनीले इजरायलबाट फर्किएपछि प्रधानमन्त्रीलाई भेटेका हुन ।


विपिनको सकुशल रिहाइको पहल गर्ने सिलसिलामा नेपाली दूतावासको समन्वयमा इजरायली राष्ट्रपति र त्यहाँको संसद्का अध्यक्षसँग भेटेर उनीहरु फर्केका हुन । ‘विपिनको रिहाइको पहलका लागि सरकारले कुनै पनि कसर बाँकी राखेको छैन’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् । उनले नेपाली पक्षले यस प्रकरणलाई प्राथमिकताका साथ अघि बढाएको स्पष्ट पार्दै सरकारको जिम्मेवारी पूरा गर्ने दृढता व्यक्त गरेका छन् ।

कञ्चनपुर जिल्लाका २२ वर्षीय विपिन उच्च शिक्षा र रोजगारीका लागि इजरायल गएकामा उनी गत वर्ष अक्टोबरमा हमास आतङ्ककारी समूहको आक्रमणपछि अपहरणमा परेको पुष्टि भएको छ ।

आक्रमणमा नेपालका १० जना विद्यार्थीको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । त्यही घटनामा विपिनलाई हमासले अपहरण गरेर लगेको थियो । त्यसपछि उनको उदरका लागि निरन्तर प्रयास भइरहेको छ । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

समाजलाई कता लैजाने भन्ने कुरा युवा विद्यार्थीको हातमा : प्रथम महिला शाक्य

७ भाद्र २०८२, शनिबार १९:०४
काठमाडौ :  प्रथम महिला राधिका शाक्यले चाहेको खण्डमा नेपाली समाजमा काम गर्ने क्षेत्र धेरै फराकिलो भएको बताएकी छन् । अनेरास्ववियु केन्द्रीय महिला विभागद्वारा शनिबार आयोजित तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रममा शुभकामना मन्तव्य राख्नु हुँदै कार्यक्रमकी प्रमुख अतिथि शाक्यले समाजलाई कता लैजाने भन्ने कुरा वर्तमान पुस्ताको हातमा रहेको बताएकी […]

ताजा अपडेट