रुबी हत्या प्रकरणमा : प्रेमी लक्ष्मण पासवान अर्ध जलेको अवस्थामा पक्राउ

सदरलाइन संवाददाता ११ भाद्र २०८२, बुधबार १२:१८
 

रौतहट : रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार बिहान अर्ध जलेको अवस्थामा पक्राउ परेका छन् ।

पासवान आफैँले आफ्नो शरिरमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम शिवनगर जाने बाटोमा राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पु¥याएको प्रहरी चौकी माधोपुरले जनाएको छ ।

गरुडामा उपचार सम्भव नदेखिएपछि पासवानलाई थप उपचारका लागि बर्न हस्पिटल कीर्तिपुर रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।


रुबी साहको हत्या बाध्यतावश गरेको पासवान आफैँले बनाएको भिडियोमा बोलेका छन् । आफ्नो शरिरमा आगो लगाउनु केही बेर अघि तयार गरिएको सो भिडियो सामाजिक सञ्जालमा देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजु कार्कीका अनुसार रुबी साहको हत्यारा लक्षमण पासवान नै रहेको अहिलेसम्मको अनुसन्धानले देखाएको पुष्टि गरेका छन् ।

रुबिको हत्या गरेर शव सुटकेसमा राखेको अवस्थामा प्रहरीले गौर गंगापिपरा सडक खण्डको मुडवलबाबाट शनिबार राति फेला पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुबी हत्याका मुख्य आरोपित पासवानको उपचार कै क्रममा मृत्यु

११ भाद्र २०८२, बुधबार १२:१८
रौतहट :  रौतहटमा सुटकेशभित्र शव फेला परेकी रुबी कुमारी साहको हत्याका मुख्य अभियुक्त लक्ष्मण पासवानको उपचारको क्रममा निधन भएको छ । रूबि साहको हत्या स्वीकार गर्दै बुधबार बिहानै शरिरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा साँझ साढे ५ः५० बजेको क्रममा निधन भएको हो ।