
काठमाडौं : निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै कायम रहने निर्णय गरेको छ ।
हिजो मंगलबार सम्पन्न आयोगको बैठकले पार्टीबाट पदाधिकारी हेरफेर भएको विवरण आए पनि प्रक्रियासम्मत नरहेको निष्कर्षसहित पुरानै अभिलेखलाई निरन्तता दिने निर्णय गरेको हो ।

गत साउन १४ र १५ गते नाउपाको केहि समुहले काठमाडौंमा राष्ट्रिय भेला गरेर अध्यक्षबाट रञ्जितालाई बर्खास्त गर्ने निर्णय गरेको थियो । भेलाले उनको स्थानमा प्रतिनिधि सभा सदस्य समेत रहेका लालवीर चौधरीलाई अध्यक्ष तोकेको थियो ।
भेलाको निर्णय अनुसार नाउपाले अध्यक्ष परिवर्तन गरेको जानकारीसहित निर्वाचन आयोगलाई पत्र पठाएको भए पनि आयोगले भने अध्यक्षमा पुन रञ्जितालाई नै कायम हुने निर्णय गरेको हो ।


