
नेपालगञ्ज : अन्तराष्ट्रिय युवा दिवशको अवसर पारेर राष्ट्रिय युवा संघ बाँकेले मानव सेवा आश्रम नेपालगञ्जमा आश्रीत ६५ जनालाई भोजन गराएको छ ।
संघका बाँके जिल्ला संयोजक रमेश मिझारको नेतृत्वमा मानव सेवा आश्रम पुगेका युवाहरुले आफ्नो एकदिनको खाजा खर्च कटाएर आश्रममा आश्रीत रहनु भएका ६५ जना असाहे अशक्तलाई भोजन गराईएको संघका बाँके जिल्ला ईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य सन्दीप बाँनीयाले जानकारी दिए ।
उनले अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर स्वस्फूर्त रुपमा जम्मा भएका संघ सदस्यहरुले एकदिनको खाजाखर्च कटाएर आश्रममा आश्रीत आमावुवाहरुको लागि एक छाक खाना खुवाउने उद्देश्य बोकेर आश्रम पुगेको र आफुहरुको आग्रह आश्रमले स्वीकार गरेकोले आश्रम सञ्चालक र आश्रममा आश्रीत सबैलाई धन्यवाद दिए ।
२०७६ सालदेखि २ जनाको सडकबाट उद्दार गरेर सेवा सुरु गरेको सो आश्रममा बाँके र बर्दियाका विभिन्न स्थानबाट उद्दार गरिएका ६५ जना जेष्ठ नागरिक, महिला, बालबालिकाहरु रहेको आश्रमका सञ्चालक उरविन सापकोटाले जानकारी दिए ।

सो अवसरमा संघका केन्द्रीय सदस्यहरु मनोज विक, मुना कठायत, विभाग सदस्य पुजा भण्डारी, एमाले बाँकेका पूर्व उपाध्यक्ष डिल्ली विसी, रविन्द्र लम्साल, कुश्माखर बस्याल, केशव शाही, संधका नेपालगञ्ज नगर अध्यक्ष बिरु थापालगायतका युवा नेताहरुको सहभागिता रहेको थियो ।



