नाइस अवार्ड–२०२५ हरित अभियन्ता काफ्लेलाई

सदरलाइन संवाददाता २० श्रावण २०८२, मंगलवार १८:५९
 

नेपालगञ्ज :  नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी हरित अभियन्ता हेमन्तराज काफ्लेलाई नाइस अवार्ड–२०२५ प्रदान गरिएको छ । नाइस नेपालगञ्जले पाचौं नाइस अवार्ड–२०२५ नगद १० हजार, सम्मान पत्र सहित काफ्लेलाई प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की, कार्यक्रमका अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासँघका केन्द्रीय सचिब तथा नाइस नेपालगञ्जका सल्लाहकार नमस्कार शाह, नाइस अवार्ड २०२३ का विजेता झलक गैरे, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्मा नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टलगायतले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख चौधरीले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि अवार्ड उत्प्रेरणा भएको बताए । उनले वातावरण संरक्षणमा कार्य गरिरहेका ब्यक्ति काफ्ले सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नाइसले गरेको कार्यहरुको बारेमा अवगत भएको जनाउदै असल कार्य गर्ने ब्यक्तिलाई सम्मान गर्नुले समाजमा सकारात्मक सन्देस प्रवाह भएको बताए ।

यसैगरी कार्यक्रमका अतिथि गैसस महासँघका केन्द्रीय सचिब तथा नाइसका सस्थापक अध्यक्ष नमस्कार शाहले निश्वार्थ रुपमा हरियाली प्रबद्र्धन मार्फत समाजमा लागि परेका ब्यक्तिलाई गरेको सम्मानले असल कार्य गर्ने ब्यक्तिलाई उत्प्रेरणा थप्ने बताउदै नाइस अवार्ड २०२५ को घोषणा समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै अतिथि नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरीले नाइसले गरेका कार्यहरुको बारेमा जानकार रहेको बताए ।

उनले समाजमा असल कार्य गर्ने संस्था निकै कम रहेकोमा आगामी दिनमा उत्कृष्ट सामाजिक संस्थाको रुपमा कार्य गर्दै अगाडी बढ्ने विश्वास ब्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माले नाइसले गरेको काम प्रशंसनिय भएको बताए ।

नाइस अवार्ड २०२५ ग्रहण पश्चात बोल्दै सम्मानीत हेमन्तराज काफ्लेले नाइस अवार्ड जस्तो गर्विलो अवार्डबाट सम्मानीत भए पश्चात जिम्मेवारी थपिएको बताए । निरन्तर बिरुवा अभियानमा लागिपरेको पुरस्कारको रुपमा नाइस अवार्ड प्राप्त गरेको बताउदै आगामी दिनमा समेत वातावरण संरक्षणमा थप कार्य गर्ने उनले प्रतिबद्धता गरे ।

नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाइस नेपालगञ्जका सचिब कमल शाहीले गरेका थिए भने कार्यक्रममा स्वागत नाईस नेपालगञ्जका उपाध्यक्ष शोभा थापा मगरले गरेका थिए ।

कार्यक्रमको अवसरमा कर्मचारी सम्मानीत

संस्थाको छैठौं बार्षिकोत्सबको अवसरमा संस्था मार्फत सञ्चालीत विभिन्न परियोजनामा कार्यरत तिन जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको छ ।

कार्यक्रमको उद्धेश्य परिपूर्ती, संस्थागत विकास तथा बाँके जिल्लामा सामाजिक सद्भाव र युवा परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत जोशिना थारु, राष्टि बुढा मगर र तपेन्द्र बहादुर मलातीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की र नाइस नेपालगञ्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा प्रदान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा योजना छनोट र बजेट विनियोजनमा अझै सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

२० श्रावण २०८२, मंगलवार १८:५९
सुर्खेत :  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको समुचित विकासका लागि योजना छनोटदेखि बजेट विनियोजन सम्मको प्रक्रियामा अझै थप सुधार आवश्यक रहेको बताएका छन् । बुधबार सुर्खेतमा आयोजित ‘कर्णाली प्रदेशसभाका सदस्यहरुसँग कर्णाली प्रदेशको आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि, २०८१’ र ‘कर्णाली प्रदेश आयोजना बैंक (कार्य सञ्चालन तथा व्यवस्थापन) […]