लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा बुटवल भ्यू प्वाइन्ट उद्यान उद्घाटन

सदरलाइन संवाददाता १६ श्रावण २०८२, शुक्रबार १९:५०
 

बुटवल : लुम्बिनी प्रदेश सरकारद्वारा निर्माण गरिएको बुटवल भ्यू प्वाइन्ट उद्यानको मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार उद्घाटन गरेका छन् ।

बुटवल उपमहानगरपालिका–१३ अन्तर्गत जितेश्वरी सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रमा अवस्थित उक्त भ्यू प्वाइन्टलाई जितेश्वरी पाणिनि उद्यानको रूपमा विकास गरिएको हो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सरकारले पर्यटन प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्दै योजनाबद्ध ढंगले पूर्वाधार विकास गरिरहेको उल्लेख गरे ।

उनले भने,‘पार्क निर्माण गर्न सजिलो लागे पनि यसको दीर्घकालीन सञ्चालन र व्यवस्थापन चुनौतीपूर्ण विषय हो । संरक्षण र सम्वद्र्धनको मुख्य जिम्मेवारी स्थानीय समुदायको हुनुपर्छ । पार्कहरूलाई आयआर्जनको स्रोतका रूपमा रूपान्तरण गर्न सकिन्छ ।’


कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता भोजप्रसाद श्रेष्ठ, स्थानीय जनप्रतिनिधि, समाजसेवी, अगुवा तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सरकारले प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र सामुदायिक सहभागितालाई जोड दिँदै पर्यटन गन्तव्यको विकासमार्फत स्थानीय अर्थतन्त्र सुदृढ गर्ने उद्देश्य राखेको छ ।

जितेश्वरी पाणिनि उद्यानबाट बुटवल सहर तथा आसपासको मनोरम दृश्यावलोकन गर्न सकिने हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खेल क्षेत्रलाई व्यवसायिक बनाउन आवश्यक : मुख्यमन्त्री कँडेल

१६ श्रावण २०८२, शुक्रबार १९:५०
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले खेल क्षेत्रलाई व्यवसायिक बनाउनु आवश्यक रहेको बताएका छन् । नेपाल खेलकुद महासङ्घ कर्णाली प्रदेशको दोस्रो अधिवेशनलाई आज सुर्खेतमा सम्बोधन गर्दै उनले खेलकुद मार्फत युवाहरूलाई आत्मनिर्भर बनाउने वातावरण हामी सबै मिलेर बनाउनु पर्ने उल्लेख गरे । खेलले युवालाई सिर्जनशील, अनुशासित, र जिम्मेवार नागरिक बनाउन […]

सम्बन्धित