संघसंस्था ऐन, २०८२ को मस्यौदाको विषयमा नेपालगञ्जमा अन्तरक्रिया

सदरलाइन संवाददाता ११ भाद्र २०८२, बुधबार ११:२७
 

नेपालगञ्ज  : सरकारले तयार गरेको संघ संस्था ऐन, २०८२ को मस्यौदाको षियमा नेपालगञ्जमा अन्तरक्रिया तथा छलफल गरिएको छ । गैरसरकारी सस्था महासंघ नेपाल बाँके शाखाको आयोजनामा सो अन्तरक्रिया भएको हो ।

नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी संघ संस्था ऐन, २०८२ को मस्यौदा तयार गरी सर्वसाधारणको राय सुझाव माग गरिएको छ । सो ऐनको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानहरुप्रति महासंघले यस अघि नै गम्भीर ध्यानाकर्षण गरी सकेको छ ।

अन्तरक्रिया कार्यक्रममा गैसस महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाहले नागरिक संघ संस्थालाई प्रवद्र्धन र सहजीकरण गर्न ऐनको आवश्यकता भएता पनी ऐनको मस्यौदा नागरिक समाजका संस्थामैत्री नभएको बताए ।

नागरिक संघ संस्था तथा सरोकारवाला निकायसँग कुनै परामर्श नगरी तथा कुनै प्रक्रियामा समावेश नगराई ल्याइएको मस्यौदाप्रति नागरिक समाज र महासंघ सहमत हुन नसकिने शाहले बताए ।

विगतका सहमतिहरुलाई समेत बेवास्ता गरी, मस्यौदाका अधिकांश प्रावधानहरुले नागरिक संघ–संस्थाहरुलाई थप संकुचित पार्ने, संस्थाहरुलाई सहजीकरण तथा सबलीकरण गर्नुको सट्टा नियन्त्रण गर्ने र नागरिक सहभागिताको भूमिकालाई कटौती गर्ने उद्देश्यबाट अभिप्रेरित मस्यौदाले नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिताको साझा मूल्यहरुमा समेत प्रहार गरेको छ शाहको भनाइ थियो ।


अन्तरक्रिया कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा राप्रपाका महामन्त्री डा. धवल शम्शेर राणाले सरकारले ल्याएको ऐनको मस्यौदा परिमार्जन गरी संघसंस्थामैत्री बनाउने विषयमा आफुले पहल गर्ने र सदनमा कुरा उठाउने प्रतिबद्धता ब्यक्त गरे ।

मस्यौदामा अनावश्यक प्रशासनिक झन्झट थप्दै विभिन्न सरकारी निकायहरुमा धाइराख्नु पर्ने प्रावधानहरु प्रस्ताव गरेको छ, जसले गर्दा मस्यौदा अग्रगामी भन्दा पनि बढी पश्चगामी र झन्झटिलो देखिन्छ ।

गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष चन्द्रप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा अधिबक्ता बसन्त गौतमले मस्यौदामा नागरिक समाजलाइ कार्यमूलक वातावरण सृजना गर्नका सबै नागरिक समाज आन्दोलित हुनुपर्ने बताए ।

गैसस महासघ नेपाल बाँकेका सचिब रमेश सिटौलाले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष तारा वलीले स्वागत तथा उपाध्यक्ष मन भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा गैसस महासंघ नेपालका पदाधिकारीहरु, सल्लाहकार, बिभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरु गरी ३० जनाको सहभागीता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रुबी हत्या प्रकरणमा : प्रेमी लक्ष्मण पासवान अर्ध जलेको अवस्थामा पक्राउ

११ भाद्र २०८२, बुधबार ११:२७
रौतहट : रौतहटको माधवनारायण नगरपालिका–६ की रुबीकुमारी साहको हत्यामा संलग्न रहेको आरोप लागेका प्रेमी लक्ष्मण पासवान बुधबार बिहान अर्ध जलेको अवस्थामा पक्राउ परेका छन् । पासवान आफैँले आफ्नो शरिरमा आगो लगाएपछि स्थानीयले उद्धार गरेका थिए । पासवानले आगो लगाएको कुरा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी माधोपुरको टोलीले माधोपुरदेखि पश्चिम […]