‘शासकीय सुधार संवाद श्रृंखला’ नेपालगञ्जमा सम्पन्न

सदरलाइन संवाददाता १५ भाद्र २०८२, आईतवार १७:३४
 

नेपालगञ्ज  : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा बाँकेको नेपालगञ्जमा ‘शासकीय सुधार संवाद श्रृंखला’ सम्पन्न गरिएको छ ।

बाँकेमा रहेका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, नागरिक अगुवासंस्थाहरु पत्रकार महासंघ, उपभोक्ता हित संरक्षण मञ्च, उद्योग बाणिज्य संघका प्रतिनिधि सहभागी रहेका थिए ।


सो शासकिय सुधार संवाद श्रृखलामा संघियताको सबलिकरणमा देखिएका समस्या तथा चुनौती, निजामति सेवा गरिनु पर्ने सुधारहरु, सार्वजनिक वित्तिय व्यवस्थापनमा गर्नु पर्ने सुधारहरु, भ्रष्टाचार रोकथामका उपाय। राम्रो सेवा प्रवाहमा डिजिटल सुशासन उपयोगमा देखिएका समस्याहरु, महिला सिमान्तकृतको समावेशिकरण सुनिश्चित गर्न देखिएका समस्यालगायतका विभिन्न ९वटा बुँदामा सामुहिक अन्तरक्रिया गरी सुझाव संकलन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय शासकिय सुधार महाशाखा प्रमुख डा. भिष्मकुमार भूसालले जानकारी दिए ।

उनले सहभागिहरुबाट कर्मचारीलाई काम र योगदानका आधारमा पुरस्कृत र दण्डित गर्ने व्यवस्थाको विकास गरिनु पर्ने, कर्मचारीलाई कामगर्ने बाताबरण बनाईदिनु पर्ने, सेवाग्रही मैत्री कार्यालय हुनु पर्ने लगायतका सुझाव आएको बताए ।कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी, नेपालगञ्ज उपमहानगरका प्रमुख प्रशासकिय अधिकृत रामहरि शमर्मा, पत्रकार महासंघ बाँकेका अध्यक्ष नबिन गिरी, नागरिक समाजका प्रभातकुमार ठकुरी, मिना सुवेदी ढकाल, नेपालगञ्ज उद्योग बाणिज्य संघका भिमबहादुर रानाभाट, व्यवसायी बिनोद अग्रहरीलगायतले आ–आफ्नो सुझाव दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिवंगत प्रदेश सभा सदस्य पुनको पार्थिव शरीरमा मुख्यमन्त्री आचार्यद्वारा राष्ट्रिय झण्डा ओढाएर सम्मान

१५ भाद्र २०८२, आईतवार १७:३४
काठमाडौं : दिवंगत लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको पार्थिव शरीरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । आइतबार पशुपति आर्यघाटमा दाहसंस्कारका क्रममा मुख्यमन्त्री आचार्यले राष्ट्रिय झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली अर्पण गरेका हुन । त्यस्तै नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली […]

सम्बन्धित