पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान

सदरलाइन संवाददाता १५ भाद्र २०८२, आईतवार १८:०८
 

नेपालगञ्ज :  १८औं पुस्तकालय दिवसको अवसरमा बास नेपालले पुस्तकालयको महत्वबारे छलफल गर्दै एक जना उत्कृष्ट पाठकलाई सम्मान गरेको छ ।

बास नेपाल केन्द्रीय कार्यालयद्धारा सञ्चालीत असल शासन सुचना केन्द्र मार्फत बर्षभरी पुस्तकको अध्ययन, उपयोग तथा पुस्तकालयको महत्वका बारेमा प्रचार गरेको आधारमा उक्त सम्मान गरिएको हो ।

असल शासन सुचना केन्द्र मार्फत सबै भन्दा बढी पुस्तक अध्ययन गर्ने, उपयोग गर्ने र पुस्तकालयको महत्वका बारेमा प्रचार प्रसार गर्ने दिनेस चौधरीलाई सम्मान पत्र, खादा र मायाको चिनो सहित सम्मान गरिएको थियो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा असल शासन सुचना केन्द्रमा भएको कार्यक्रममा नेपालमा पुस्तकालयको इतिहास, महत्व र उपयोगका बिषयमा बास नेपालका निर्देशक हेमराज भट्टले जानकारी गराएका थिए ।


उत्कृष्ट पाठक सम्मान पश्चात बोल्दै सम्मानीत युवा दिनेस चौधरीले पुस्तकालयमा गएर पुस्तक पढ्न पाउदा अत्यन्तै खुसी लाग्ने बताए ।

उनले असल शासन सुचना केन्द्र मार्फत लोकसेवा, क्याम्पसका पुस्तकसँगै विभिन्न उपन्यास, जीवनी र धार्मिक तथा साहित्यीक पुस्तकहरु समेत पढ्ने अवसर पाएको बताए । उनले असल शासन सुचना केन्द्रले गर्दा उत्प्रेरणा थपिएको प्रतिक्रिया दिए ।

कार्यक्रममा स्वागत तथा असल शासन सुचना केन्द्रको बारेमा जानकारी गराउदै केन्द्रकी संयोजक रमिता शाहले पुस्तकालयमा सबै प्रकारका पुस्तकहरु र इन्टरनेटको समेत ब्यवस्था रहेकाले उपयोग गर्न सबैलाई अनुरोध गरिन् ।

असल शासन सुचना केन्द्र मार्फत गठन भएका रिडर्स क्लब, बिद्यार्थी र लोकसेवा तयारी तथा साहित्यमा रुची राख्ने युवाहरु बढी मात्रामा आउने गरेको बताइन् । कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधब कार्कीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पशुमा देखिने बाँझोपना निवारणका लागि ‘डोर टु डोर’ कार्यक्रम

१५ भाद्र २०८२, आईतवार १८:०८
नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले पशुमा देखिने बाँझोपना निवारणका लागि ‘डोर टु डोर’ कार्यक्रम १२ वटै जिल्लामा विस्तार गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत सञ्चालनमा रहेको यस कार्यक्रमले किसानहरूलाई प्रत्यक्ष सेवा पु-याइरहेको छ । प्रदेश सरकारले भूमिको प्रकृतिको आधारमा कृषि उत्पादनमा यान्त्रिकरण, व्यावसायीकरण, बजारीकरण र आधुनिकीकरणमार्फत […]

सम्बन्धित