
नेपालगञ्ज : नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । वातावरणीय संरक्षणमा सचेतना जगाउने तथा स्थानीय समुदायलाई सरसफाई गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सामुदायिक सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना, स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालको आर्थिक सहयोगमा र बास नेपालको समन्वयमा सो कार्यक्रम गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित प्रशिद्ध शक्तिपिठ बागश्वरी मन्दिरको पार्किंग क्षेत्र, तलाउ क्षेत्र, तथा मन्दिरको चौतर्फि सरसफाई गरिएको थियो ।

बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार वर्माको अध्यक्षता तथा क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) का कार्यकारी निर्देशक रविन्द्र लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्ट्यान्डर्ड चार्टर बैंक लिमिटेड नेपालका शाखा प्रबन्धक हर्मेस सोनी, नेपालगञ्ज उपमहानगरपालिका वातावरण शाखाका शिव लामिछाने, ग्रीन नेपालगञ्ज र क्लिन नेपालगञ्जका संयोजक डा. बिनोद कर्ण, बास नेपालका निर्देशक हेमराज भट्ट, हरित अभियन्ता हेमन्तराज काफ्ले, क्लिन अप नेपालका कार्यक्रम संयोजक कैलास बिक्रम शाही, प्रिती प्रधानांग लगायत ो सहभागिता रहेको थियो ।
सामुदायिक सरसफाई कार्यक्रममा कुल फोहर १३७ किलोग्राम फोहर संकलन भयको थियो । परियोजना अन्तरगत क्लिन अप नेपालले बाँकेको नेपालगञ्जमा समुदाय सरसफाई अभियान, बृक्षारोपण लगायत सचेतना मुलक कार्यक्रम गर्दै आएको छ ।



