बाँके प्रहरीको नियन्त्रणमा परेका लोनियाबाट लागू औषधसहित २२ लाख नगद र गरगहना बरामद

सदरलाइन संवाददाता २८ श्रावण २०८२, बुधबार १७:५१
 

नेपालगञ्ज :  बाँके प्रहरीले लागू औषधसहित नियन्त्रणमा लिएको ब्यक्तिबाट लागू औषध सहित २२ लाखबढी नगद २ थान मोटरसाईकल र ठूलो मात्रामा गरगहना बरामद गर्न सफल भएको छ ।

नेपालगञ्ज–१४ का उधीपुरवाका २८ रमेश लोनियाका साथबाट १५ ग्राम ५ सय मिलीग्राम ब्राउन सुगर जस्तो देखिने धुलोसहित उनकै घर नजिकबाट नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गर्दा उनको कोठाबाट नगदसहित अन्य सरसामान बरामद गर्न सफल भएको हो ।

बाँके प्रहरीले लोनियालाई २७ गते मंगलबार साँझ करिव ८ बजे उनकै घरनजिकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले लोनिया बस्ने घर कोठामा समेत खानतलासी गर्दा भारतीय नम्बर भएको पल्सर मोटरसाईकल थान १, यामाह आर १५ मोटरसाईकल १, नेपाली रुपैया विभिन्न दरको नोट १९ लाख ८७ हजार ६ सय ७५ र भारतीय रुपैया विभिन्न दरका १ लाख ३५ हजार १ सय ५० जसको नेपाली २ लाख १६ हजार २ सय ४० गरी जम्मा २२ लाख ३ हजार ९ सय १५ रुपैया नगद बरामद गरेको जनाईएको छ ।


यसैगरी प्रहरीले लोनियाको कोठाबाट गरगहना समेत बरामद गर्न सफल भएको जनाएको छ । प्रहरीका अनुसार उनको कोठाबाट चाँदी जस्तो देखिने सेतो धातुको खुट्टामा लगाउने कंडा २ थान, बाला २ धान, औठी ३३ धान, सिक्सा २१ थान, कानमा लगाउने रिङ ४ थान, कानमा लगाउने झुम्का ४ थान बरामद गर्न सफल भएको छ ।

यसैगरी प्रहरीले जन्तर १ थान, ब्रासलेट ५ थान, पाएल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रास्लेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान । टुक्राहरु सानो ठुलो ११ थान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले लोनियाका साथबाट सुन जस्तो देखिने पँहेलो धातुको कडा ६ थान, घाटिमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १ थान,रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मंगल सुत्र ५ थान, पहेलो धातु जन्जिर २ थान बरामद गरिएको बताए ।

यसैगरी लोनियाको कोठाबाट प्रहरीले खुकुरी ५ थान, १ थान क्यानन कम्पनीको डिएसएलआर क्यामरा र बिभिन्न कम्पनिका एण्ड्रोईड मोबाईल फोन १० थान बरामद गरी आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विराटनगरको राधाकृष्ण रथयात्रा कोशीको मात्र नभएर देशकै गौरवको उत्सव : मुख्यमन्त्री कार्की

२८ श्रावण २०८२, बुधबार १७:५१
बिराटनगर : कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा कोशी प्रदेश मात्र नभएर देशकै गौरवको उत्सव भएको बताएका छन् । विराटनगरको राधाकृष्ण मन्दिरमा रथयात्राको विषयमा छलफल गर्न र निरीक्षणका लागि पुगेका मुख्यमन्त्री कार्कीले यो हाम्रो प्रदेशको गौरव भएकाले यसलाई भव्य र सभ्य रुपमा मनाउनका लागि प्रदेश सरकारले […]