
नेपालगञ्ज : बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघले विश्व फोटोग्राफी दिवसको अवसर पारेर सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
संघद्धारा फोटोग्राफीको क्षेत्रमा योगदान गरेका दुई जना ब्यक्तिलाई नेपालगञ्जमा आयोजित एक समारोहमा सम्मान गरेको होे । १८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर बि.सं. २०४५ सालदेखि फोटोग्राफी ब्यवसाय गर्दै आएका मधुसुदन शर्मा रिजाल र बि.सं. २०३५ सालदेखि फोटोग्राफी गर्दै आएका फोटोग्राफर दुर्गाप्रसाद बर्णवाललाई सम्मान गरेको हो ।
सोही अवसरमा नेपालगञ्ज वडा नम्वर २० पशुपति मन्दिर परिसरमा २० ओटा फलफूलका बिरुवा रोपेर पर्यावरण संरक्षणमा योगदान पु¥याउने उदेस्य राखेको संघले सन १८३९ मा फ्रान्स सरकारद्वारा डेगुरेटाईपको बिश्वब्यापी फोटोग्राफी दिवस मनाउन शुरु गरिएको थियो ।
यद्यपि सन १८२६ मा जोसेफ नाईसफोरले पहिलो फोटो किरणको माध्यामद्वारा तयार गरेका थिए । यन्त्रको माध्यामबाट पहिलो फोटो लुईस डेगुरेले तयार गरेको हुँदा त्यसलाई डेगुरेटाईपबाट बिश्वब्यापी रुपमा प्रख्यात रहेको पाईन्छ । सन १८४१ मा रिलको बिकास भएको थियो भने सन २००० सम्ममा डिजिटल फोटोग्राफीको शुरुवात भएको थियो । हाल यो प्रबिधिको बिकाश एआईसम्म पुगेर फोटोग्राफीलाई सहज र आधुनिक वनाएको छ ।
बाँके फोटोग्राफर तथा भिडीयोग्राफर संघकोका अध्यक्ष शिबेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल फोटोग्राफर माहासंघका केन्द्रीय सदस्य निलराज अधिकारी प्रमुख अतिथि रहेका थिए ।

प्रमुख अतिथि अधिकारीका अनुसार बिश्व फोटोग्राफी दिवसमा सम्मानित हुने मधुसुदन शर्मा मध्य तथा सुदुर पश्चिमको फोटोग्राफी क्षेत्रकै अतुलनिय ब्यक्तित्व रहेको र अर्का सम्मानित हुने ब्यक्ति दुर्गा प्रसाद बर्णवाल बाँके जिल्लाको अग्रज फोटोग्राफर भएको, त्यस्ता अग्रज ब्यक्तिहरुलाई सम्मन गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
१८६ औं बिश्व फोटोग्राफी दिवसको अवसर पारेर गरिएको बृक्षारोपण गरेर पर्यावरण संरक्षणमा फोटोग्राफी ब्यबसायीहरुले सामाजिक उत्तरदाईत्व पूरा गरेको र अग्रजहरुको सम्मान गरेर इतिहाँसको जगेर्ना गरेकोमा कार्यक्रमका बिशिष्ठ अतिथि नेपाल पत्रकार माहासंघ बाँकेका अध्यक्ष नवीन गिरीले संघलाई धन्यवाद दिए ।
फोटोग्राफी ब्यवसायीहरुका समस्याहरुमा नेपालगञ्ज उद्योग बाणिज्य संघ सहकार्य गरेर अगाडी बढ्ने अध्यक्ष टंक धामीद्वारा प्रतिवद्धता जनाउदै बिश्व फोटोग्राफी दिबसको शुभकामना दिए ।
कार्यक्रममा सम्मान गरेर थप जिम्मेवारीको भारी बोकाएकोमा फोटोग्राफी ब्यवसायी ,लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि–२ का पूर्व गभर्नर समेत रहेका मधुसुदन शर्मा रिजालले आयोजकलाई आभार व्यक्त गरेका थिए ।
बर्दिया फोटोग्राफर तथा भिडीयोग्राफर संघका अध्यक्ष केशव रिजालले दिवसको अवसरमा निम्ता गरेकोमा आयोजकलाई धन्यवाद दिएको कार्यक्रममा नेपाल फोटोग्राफर माहासंघ लुम्विनी प्रदेस कमिटीका उपाध्यक्ष खगेन्द्र गौतमद्वारा स्वागत मन्तव्य राखेका थिए भने संघका माहासचिव भक्तप्रसाद देवकोटाले कार्यक्रम संचालन गरेका थिए ।



