कैलालीमा नुहाउन गएका ४ जना मृत भेटिए

सदरलाइन संवाददाता १२ भाद्र २०८२, बिहीबार १९:३२
 

कैलाली :  कैलालीमा खोलामा नुहाउन गएका ४ जना मृत अवस्थामा भेटिएका छन् । कैलालीको गोदावरी नगरपालिका–९, शेहरी झोलुंगे पुलनजिक खुटिया खोलामा बेपत्ता ४ युवा मृत अवस्थामा फेला परेका हुन् ।

उनीहरु नुहाउन गएका सात जनामध्ये चारजना नुहाउने बेलामा बेपत्ता भएका थिए । नुहाउन गएका बेपत्ता हुनेहरुमा धनगढी उपमहानगरपालिका घर भएका १७ वर्षीय सक्षम जोशी, १६ वर्षीय जेव भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतिक चौधरी मृत अवस्थामा फेला परेका हुन् ।


उनीहरू चार जना मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएस्पी रणबहादुर चन्दले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बर्दियाको मधुवनमा मानव बेचबिखनबिरुद्ध अन्तरपुस्ता संवाद

१२ भाद्र २०८२, बिहीबार १९:३२
मधुवन (बर्दिया) :  प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लवद्वारा संचालित सुरक्षा परियोजना अन्तर्गत बर्दियाको मधुवन नगरपालिकामा मानब बेचबिखन, लागु पदार्थ दुव्र्यसनी तथा बालविवाह विरुद्ध अन्तर–पुस्ता सम्बादको आयोजना गरिएको छ । मधुवन नगरपालिका ७ नंम्बर वडा कार्यालयमा सम्पन्न गरेको हो । वडा अध्यक्ष राजेन्द्र हमालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा […]

सम्बन्धित